काठमाडौं– नेपाली कांग्रेसका नेता तथा पूर्व अर्थमन्त्री महेश आचार्य विशेष महाधिवेशनको पक्षमा उभिएका छन् । सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै आचार्यले पार्टीको विशेष महाधिवेशन अपरिहार्य भएको बताएका हुन् ।
‘भाद्र २३ र २४ पछि देशको गंभीर बन्दै गएको अवस्था सँगै हाम्रो पार्टी विधानको निरन्तर बेवास्ता, नीतिगत अन्योल, सांगठनिक दुरावस्था र नेतृत्वको वर्तमान संकटले पार्टीको विशेष महाधिवेशन अपरिहार्य बनाएको छ’, आचार्यले सामाजिक सञ्जालमा लेखेका छन् ।
आचार्यले पार्टीको केन्द्रीय कार्यसम्पादनका पछिल्ला निर्णयहरूले विधानको मर्यादालाई मिच्न थालेको भन्दै महाधिवेशनको बहुमत प्रतिनिधिको माग र अग्रसरतालाई अवैधानिक भन्ने निर्णय र प्रचार आपत्तिजनक हुन पुगेको भन्दै टिप्पणी गरेका छन् ।
यस्तो छ उनको स्ट्याटस् :













प्रतिक्रिया