काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका नेता अग्नि सापकोटाले आफ्नो पार्टी कांग्रेस एमालेसँग मिलेर जाने कुरा जनताले मन नपराएको बताएका छन् । शुक्रबार पत्रकारलाई प्रतिक्रिया दिँदै सापकोटाले कांग्रेस एमालेसँग मिल्ने कुरामा आलोचना र टिप्पणी आइरहेको बताए ।
‘कांग्रेस एमालेसँग मिल्ने कुरा पार्टी पङ्ती, हाम्रा समर्थक, शुभचिन्तक, शुभेच्छुक र आम जनताले पनि त्यति मन पराइराखेका छैनन्, यसको बारेमा अलिकति आलोचना टिप्पणीहरू आइनै राखेका थिए’, उनले भने ।
तर, मतभार सुनिश्चित भएको राष्ट्रिय सभामा लेनादेना गर्न मिल्ने भएमा गरौँ भनेकोमा त्यो समझदारी कायम हुन नसकेको उनको भनाइ छ ।













प्रतिक्रिया