आगामी निर्वाचनपछि धेरै युवाहरू नीति निर्माण गर्ने तहमा पुग्छन् : मन्त्री खरेल « Khabarhub

आगामी निर्वाचनपछि धेरै युवाहरू नीति निर्माण गर्ने तहमा पुग्छन् : मन्त्री खरेल


२५ पुस २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी निर्वाचनपछि धेरै युवाहरू नीति निर्माण गर्ने तहमा पुग्ने बताएका छन् ।  

शुक्रबार काठमाडौंमा सूचना प्रविधि विभागसँग छलफल गर्दै मन्त्री खरेलले जेन-जी आन्दोलनपछि युवाहरूलाई पनि राज्यको मूलधारमा ल्याउनका लागि आवश्यक व्यवस्था भएको भन्दै निर्वाचनपछि धेरै युवाहरू नीति निर्माण गर्ने तहमा पुग्ने बताएका हुन् । 

निर्वाचनपछिको नयाँ संसद्मा युवाहरूको वर्चस्व हुने उनको भनाइ छ । उनले अन्य देशको तुलनामा नेपालको सूचना प्रविधि क्षेत्र निकै पछाडि परेकाले यसलाई समयानुकूल बनाउन ढिलाइ गर्न नहुने बताए । अव युवाहरूले नै सूचना प्रविधिका माध्यमबाट नेपाल बनाउने आधार तयार भएको उनले बताए । 

मन्त्री खरेलले सूचना प्रविधि विभागलाई आवश्यक स्रोत साधन व्यवस्थापनका लागि मन्त्रालयले गम्भीर भएर काम गरिरहेको उल्लेख गरे । आफ्नो कार्यकाल सकिएपछि पनि सचेत नागरिकको सदैव देशका लागि काम गर्ने मन्त्री खरेलले बताए । 

प्रकाशित मिति : २५ पुस २०८२, शुक्रबार  ३ : १६ बजे

बिहीबारदेखि मौसमी गतिविधि बढ्ने, प्रदूषण क्रमिक रूपमा घट्ने सम्भावना

काठमाडौं – जल तथा मौसम विज्ञान विभागले बिहीबारदेखि मौसमी गतिविधि

संयुक्त राष्ट्रसंघको महिलाको स्थितिसम्बन्धी ७०औँ सभामा मन्त्री श्रेष्ठको सम्बोधन

काठमाडौं – महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले महिला

चालु खाता र शोधनान्तर उच्च बचतमा, १८ महिनाको आयात धान्ने मुद्रा सञ्चिति

काठमाडौं – चालु आर्थिक वर्ष २०८२/८३ को माघ मसान्तसम्ममा बाह्य

आइपीएलको खेल तालिका सार्वजनिक, उद्घाटन खेलमा बेङ्गलुरु र हैदराबाद भिड्ने

काठमाडौं – भारतमा आयोजना हुने चर्चित फ्रेन्चाइज क्रिकेट प्रतियोगिता इन्डियन

किताब बेचेरै महावीरले जम्मा गरे १२ करोड रूपैयाँ

पोखरा – नवनिर्वाचित सांसद महावीर पुनले आफ्नो पुस्तक बिक्रीबाट हालसम्म