काठमाडौंका ९ जना सभापतिले भने : विशेष महाधिवेशन अवैधानिक « Khabarhub

काठमाडौंका ९ जना सभापतिले भने : विशेष महाधिवेशन अवैधानिक


२५ पुस २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


585
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनको विरोधमा काठमाडौंका ९ जना सभापतिले संयुक्त विज्ञप्ति जारी गरेका छन् । 

शुक्रबार जारी गरिएको विज्ञप्तिमा विभिन्न निर्वाचन क्षेत्र र महानगर समितिका सभापतिहरूले विशेष महाधिवेशन अवैधानिक भएको दाबी गरेका हुन् ।

काठमाडौंका ८ निर्वाचन क्षेत्रका सभापति तथा काठमाडौं महानगर समितिका एक सभापतिले जारी गरेको सो विज्ञप्तिमा पार्टी विधानअनुसार १५ औँ नियमित महाधिवेशनको प्रक्रिया अघि बढिसकेको अवस्थामा विशेष महाधिवेशन आह्वान गर्नु वैधानिक नहुने उल्लेख गरेका छन् ।

‘वर्तमान संवेदनशील राजनीतिक अवस्थामा विशेष महाधिवेशनको आयोजना पार्टी हित विपरीत हुने र यसले कांग्रेसलाई विभाजनतर्फ लैजान सक्नेछ । आगामी फागुन २९ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई ध्यानमा राख्दै सबै पार्टीपंक्तिलाई एकताबद्ध भएर चुनावी तयारीमा लाग्न अनुरोध गर्दछौं,’। विज्ञप्तिमा उल्लेख छ । 

केन्द्रीय कार्यसम्पादन समितिबाट भइसकेको आधिकारिक निर्णयको परिधिभित्र रही अघि बढ्नुपर्नेमा उनीहरूको जोड छ । 

प्रकाशित मिति : २५ पुस २०८२, शुक्रबार  ५ : १२ बजे

कोशी कटान नियन्त्रणमा पहल गर्ने ऊर्जामन्त्रीको प्रतिबद्धता

सुनसरी – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले सप्तकोशी नदीको

साङ्गीतिक भविष्य खोजिरहेका केशव भावुक

खोटाङ – खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका केशव भावुक

पोखराको धार्मिक पर्यटकीय क्षेत्र पुम्दीभुम्दीको प्रवर्द्धन गर्न ‘हाइकिङ’

कास्की – पोखरा महानगरपालिका–२२ मा अवस्थित विशाल महादेवको मूर्तिसहितका धार्मिक

गोरखाको जङ्गलमा पाँच थान भरुवा बन्दुक भेटियो

गोरखा – गोरखाको एक जङ्गलमा पाँच थान भरुवा बन्दुक बेवारिसे

नित्यनाथ मन्दिर पुनर्निर्माण सम्पन्न

काठमाडौं – काठमाडौं महानगरपालिका–८ जयवागेश्वरीस्थित नवालीटोलमा रहेको लिच्छविकालीन नित्यनाथ मन्दिर