एनआरएनएले भन्यो : मन्त्री गुप्तालाई औपचारिक रूपमा नै आमन्त्रण गरिएको हो « Khabarhub

एनआरएनएले भन्यो : मन्त्री गुप्तालाई औपचारिक रूपमा नै आमन्त्रण गरिएको हो


२५ पुस २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गैरआवासीय नेपाली संघ (एनआरएनए)ले युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताको अमेरिका भ्रमण तथा कार्यक्रमसम्बन्धी विषयमा उत्पन्न भ्रम र अन्योलप्रति क्षमायाचना गरेको छ । एनआरएनए राष्ट्रिय समन्वय परिषद् (एनसीसी यूएसए)का तर्फबाट सार्वजनिक भएका दुई फरक विज्ञप्तिका कारण सञ्चार माध्यम र नेपाली समुदायमा अन्योल सिर्जना भएको भन्दै संघले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।

एनआरएनद्वारा जारी प्रेस विज्ञप्तिमा यस घटनाबाट मन्त्री गुप्ता, सम्बन्धित सरकारी निकाय, सञ्चार माध्यम तथा नेपाली समुदायमा पर्न गएको कुनै पनि असहजता र भ्रमप्रति संघ क्षमाप्रार्थी रहेको उल्लेख गरिएको छ ।

संघका अनुसार विकास उप्रेतीको अध्यक्षतामा गठित एनआरएनए एनसीसी यूएसएले औपचारिक रूपमा मन्त्री गुप्तालाई कार्यक्रममा सहभागी हुन आमन्त्रण गरेको हो । साथै, गैरआवासीय नेपाली संघमा विगतमा देखिएका आपसी असमझदारीहरू अन्त्य गर्दै केन्द्रमा बृहत् एकताको सम्झौता सम्पन्न भइसकेको र राष्ट्रिय समन्वय परिषद्हरू पनि एकताको प्रक्रियामा सहभागी भइरहेको जानकारी गराइएको छ ।

यद्यपि, विकास उप्रेतीको अध्यक्षतामा गठित एनआरएनए एनसीसी यूएसए र सत्येन्द्र शाहको अध्यक्षतामा गठित अर्को एनसीसी यूएसएबीच आपसी समन्वयको अभावका कारण पछिल्लो अवस्था सिर्जना भएको संघले उल्लेख गरेको छ ।

प्रेस विज्ञप्तिमा उल्लेख भएअनुसार, गैरआवासीय नेपाली संघ नेपाली डायस्पोराको प्रतिनिधि संस्था भएकाले नेपालको बदलिँदो राजनीतिक-सामाजिक परिस्थिति र पछिल्लो जेनजी आन्दोलनपछिको राष्ट्रिय अवस्था तथा सम्भावनाका विषयमा छलफल गर्ने उद्देश्यले मन्त्री गुप्तालाई आमन्त्रण गरिएको हो ।

प्रेस विज्ञप्तिमा एनआरएनएका अध्यक्ष डा. बद्री केसी र रेसिडेन्ट नेपाली एसोसिएसनका अध्यक्ष महेश कुमार श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

प्रकाशित मिति : २५ पुस २०८२, शुक्रबार  ९ : ४० बजे

थाइल्यान्डसँग ५६ रनले पराजित हुँदै नेपाल प्रिमियर कपको क्वार्टरफाइनलबाटै बाहिरियो

काठमाडौँ – मलेसियामा जारी एसीसी महिला प्रिमियर कपको क्वार्टरफाइनलमा थाइल्यान्डसँग

‘जान्नेलाई छान्ने’ नारा योग्यता होइन, भ्रष्टताको संस्थागत रूप हो : महासचिव पोखरेल

काठमाडौँ – नेकपा एमालेका महासचिव शंकर पोखरेलले नयाँ शक्तिका रूपमा

कांग्रेस संस्थापनको ‘सात बुँदे प्रस्ताव’ हल्ला मात्रै भएको शेखर सचिवालयको भनाइ

काठमाडौँ – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाको सचिवालयले संस्थापन

‘प्रथम कर्णाली प्रदेश मनसुन फोरम’ सम्पन्न

कर्णाली– मनसुनजन्य विपद्को सम्भावित जोखिम पूर्वानुमान, पूर्वतयारी तथा प्रतिकार्यसम्बन्धी ‘प्रथम

‘इतिहासकै ठूलो वित्तीय अपराधमा संलग्न समूहबाट प्रधानमन्त्री र ममाथि आक्रमण भयो : अर्थमन्त्री वाग्ले

काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले देशको इतिहासकै ठूलो वित्तीय