कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै « Khabarhub

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै


२६ पुस २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दैछ ।

पाटी केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले शनिबार बिहान एक सूचना जारी गर्दै बिहान ९ बजे केन्द्रीय कार्यालय सानेपामा बैठक बोलाइएको जानकारी दिए ।

बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य र ७ वटै प्रदेश सभापतिहरूलाई उपस्थित हुन अनुरोध गरिएको छ ।

कांग्रेसका ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको माग अनुसार महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा पक्ष पुस २७ र २८ गते विशेष महाधिवेशनको तयारीबाट पछि नहटेपछि कांग्रेसले केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक डाकेको हो ।

विशेष महाधिवेशनका लागि प्रतिनिधि आउने क्रम जारी रहेको छ । महाधिवेशनस्थल भृकुटीमण्डपमा अहिले चहलपहल बढेको छ ।

प्रकाशित मिति : २६ पुस २०८२, शनिबार  ८ : ५५ बजे

निर्माण व्यवसायीले काम नगर्दा हरिचौर–मल्म–पाण्डवखानी सडक अधुरो

गलकोट– दुई वर्षमा काम सम्पन्न गर्ने सम्झौतामा ठेक्का लागेको हरिचौर–मल्म–पाण्डवखानी

समपूरक र विशेष अनुदान लिन तीन हजार पाँच सय आयोजना प्रस्ताव

काठमाडौं– आगामी आर्थिक वर्ष २०८३-८४ का लागि सङ्घीय सरकारबाट समपूरक

आमाको नामबाट तीन हजारले लिए नागरिकता

काठमाडौं– नेपाल नागरिकता (चौथो संशोधन) नियमावली, २०८२ जारी भएदेखि आमाको

रास्वपालाई बधाई दिँदै गगनले भने : गिरीबन्धु, वाइडबडी प्रकरण र नेताका घरमा भेटिएका पैसाको छानबिन हुनुपर्छ

काठमाडौं- सभापति गगनकुमार थापाले नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठकलाई सम्बोधन

वेस्ट ब्याङ्कमा भएको निरन्तर इजरायली आक्रमणको राष्ट्रसङ्घद्वारा निन्दा

जेरुसलेम- इजरायलले वेस्टब्याङ्क क्षेत्रका प्यालेस्टाइनीहरू र उनीहरूको सम्पत्तिमाथि गरेको निरन्तरको