उनेपाको अध्यक्ष भए कुलमान « Khabarhub

उनेपाको अध्यक्ष भए कुलमान


२६ पुस २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पूर्वऊर्जामन्त्री कुलमान घिसिङ उज्यालो नेपाल पार्टी (उनेपा) को अध्यक्ष नियुक्त भएका छन् । शनिबार बसेको उनेपाको केन्द्रीय कमिटी बैठकले कुलमानलाई अध्यक्ष नियुक्त गरेको हो ।

यसअघि उनेपाका संरक्षक रहेका घिसिङले दुई साताअघि राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपासँग एकता घोषण गरेका थिए । तर, उक्त एकता शनिबार एकाएक भङ्ग भएपछि घिसिङ उनेपाको अध्यक्ष भएका हुन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र पूर्वमन्त्री कुलमान घिसिङबीच शुक्रबार र शनिबार भएको छलफल निष्कर्षविहीन भएपछि दुई सातामै सहमति भाँडिएको हो।

सुशीला कार्की नेतृत्वको नागरिक सरकारमा दलीय प्रतिनिधित्व गरेको भन्दै चर्को आलोचना भएपछि कुलमानले ऊर्जा, जलस्रोत तथा सिँचाइसहित तीन मन्त्रालयबाट राजीनामा दिएर रास्वपासँग वार्तामा बसेका थिए ।

पुस १४ मा उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान र रास्वपा सभापति लामिछानेबीच पार्टी एकतामा सहमति भएको थियो। त्यही सहमतिअनुसार कुलमानलाई रास्वपाको उपसभापति बनाउने निर्णय गरिएको थियो।

तर कुलमानले रास्वपासँग पार्टीको विचारधारा परिवर्तन गर्नुपर्ने, लोकतान्त्रिक होइन वामपन्थी पार्टी बनाउनु पर्ने र केन्द्रीय सदस्य ३३ जना चाहिने माग गरेका थिए ।

त्यसैगरी वरिष्ठ उपसभापति पद र एक महामन्त्री पद पनि कुलमनले मागेका थिए । उनले पार्टीको विचारधारा समाजवाद राख्नुपर्ने प्रस्ताव पनि गरेका थिए ।

सुदन गुरूङले बौद्धबाट उठाएर एकताको सहमति गराए पनि विचारधारासहितका मुद्दामा विवाद चर्किएसँगै कुलमान र रास्वपाको एकता सहमति भाँडिएको हो। अब कुलमानले उज्यालो नेपाललाई सम्हालेर अघि बढ्ने भएका हुन् ।

प्रकाशित मिति : २६ पुस २०८२, शनिबार  ५ : ४५ बजे

फिफा विश्वकप : कंगोविरुद्ध पोर्चुगललाई सुरुवाती अग्रता

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत आफ्नो पहिलो खेलमा पोर्चुगलले

चीन भ्रमण सकेर परराष्ट्रमन्त्री खनाल स्वदेश फिर्ता

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनाल चीनको चारदिने औपचारिक भ्रमण सम्पन्न

इरान-अमेरिका द्वन्द्वपछि युएईका एयरलाइन्सले घोषणा गरे विस्तारित यात्रा बीमा योजना

काठमाडौँ । मध्यपूर्वमा जारी द्वन्द्वको प्रभावपछि यात्रुलाई आकर्षित गर्न संयुक्त

तुइन खोलामा पहिरो, नारायणगढ-मुग्लिन सडक एकतर्फी अवरुद्ध

काठमाडौँ । नारायणगढ– मुग्लिन सडकखण्ड अन्ततर्गत तुइन खोलामा पहिरो खस्दा

सरकारलाई ‘पापड’को खबरदारी

काठमाडौं । शान्ति र लोकतन्त्रका लागि पेसागत सञ्जाल (पापड) ले