दोलखाको वैतेश्वरमा शिक्षक–कर्मचारी भलिबल सुरु « Khabarhub

दोलखाको वैतेश्वरमा शिक्षक–कर्मचारी भलिबल सुरु


२६ पुस २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

दोलखा– दोलखाको वैतेश्वर गाउँपालिकाले आयोजना गरेको प्रथम वैतेश्वर गाउँपालिका वडास्तरीय शिक्षक–कर्मचारी भलिबल प्रतियोगिता शनिबारदेखि सुरु भएको छ । प्रतियोगिताको उद्घाटन वैतेश्वर गाउँपालिका अध्यक्ष छवि लामाले गरेका थिए । दुई दिनसम्म सञ्चालन हुने प्रतियोगिताको व्यवस्थापन वैतेश्वर माध्यमिक विद्यालयले गरिरहेको छ ।

कार्यक्रमको उद्घाटन गर्दै अध्यक्ष लामाले भलिबल प्रतियोगिताले राष्ट्रसेवक कर्मचारी र शिक्षकबीचको सम्बन्धलाई थप सकारात्मक तथा मजबुत बनाउने बताए ।

खेलाडी उत्पादन गर्ने मुख्य थलो नै विद्यालय भएकाले शिक्षकहरुलाई खेलकुद कार्यक्रममा जोडेर आफ्ना विद्यालयबाट विद्यार्थी खेलाडी उत्पादन गर्न टेवा पुगोस् भन्ने उद्देश्यले पनि शिक्षक–कर्मचारी भलिबल प्रतियोगिता आयोजना गरिएको पालिका उपाध्यक्ष कल्पना उप्रेतीले बताइन् ।

वैतेश्वर माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अशोक तामाङको अध्यक्षतामा उद्घाटन गरिएको प्रतियोगितामा वैतेश्वरका ८ वडा विद्यालयका ८ टिम रहेका छन् भने आयोजक गाउँपालिकाको २ वटा टिम छन् ।

खेल उद्घाटन कार्यक्रममा वैतेश्वर– १ का वडाअध्यक्ष भीमबहादुर तामाङ, ३ का वडाअध्यक्ष कमल अधिकारी, जिल्ला खेलकुद संघ दोलखाका अध्यक्ष आशिष तामाङ लगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : २६ पुस २०८२, शनिबार  ७ : ४५ बजे

विदेशिएका नागरिकलाई स्वदेशमा फर्किने वातावरण बनाउनुपर्छ : सभामुख

काठमाडौं– सभामुख डोल प्रसाद अर्यालले नेपाललाई समृद्ध राष्ट्र बनाएर बाहिर

जुम्ला पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा

जुम्ला– जुम्लालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ

भारतीय सुरक्षाकर्मीबाट दुःख पाएको भन्दै लालपुर्जा र नागरिकता माग्दै काठमाडौं आइपुगे सुस्तावासी

काठमाडौं– सीमाबारे प्रधानमन्त्रीको अभिव्यक्तिपछि मन्त्रीको अभिव्यक्ति आएलगत्तै भारतीय सुरक्षाकर्मीबाट आफूहरूले

पाँच सय जनाले पाए सुधारिएको चुलो

तुलसीपुर– तुलसीपुर उपमहानगरपालिकाले १९ वडामा २६ वटाका दरले ५०० वटा

रायोको सागमा भेटियो अत्यधिक मात्रामा विषादी 

काठमाडौं– कालिमाटीमा भक्तपुरबाट ल्याएको रायोको सागमा अत्यधिक विषादी देखिएको छ