म्यानचेस्टर सिटीले विपक्षीको पोस्टमा गर्यो १० गोल « Khabarhub

म्यानचेस्टर सिटीले विपक्षीको पोस्टमा गर्यो १० गोल


२७ पुस २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – एफए कप अन्तर्गत शनिबार भएको खेलमा म्यानचेस्टर सिटीले एक्सेटर सिटीको पोस्टमा १० गोल गरेको छ। घरेलु मैदानमा भएको खेलको पहिलो हाफमा ४ गोल गरेको सिटीले दोस्रो हाफमा ६ गोल गरेको हो।

सिटीका लागि खेलको १२ औं मिनेटमा म्याक्स एलेनले गोल गर्दै अग्रता दिलाएका थिए। अर्को गोल रोड्रीले गरे भने पहिलो हाफमै एक्सेटरले आत्मघाती प्रहार गर्दै दुई गोल उपहार दिएको थियो।

पहिलो हाफमै ४–० ले पछाडि परेको एक्सेटर सिटीले दोस्रो हाफको दबाब थेग्न सकेन। सिटीका लागि इस्को लुइसले दुई गोल गरे भने एन्टोइन मेसेन्यो, तिजानी रोन्डर्स, निको ओराइली र रायन म्याकडुले थप गोल गरे।

एक्सेटर सिटीका लागि सान्त्वना गोल अन्तिम मिनेटमा जर्ज बिर्चले गरेसँगै खेल १०-१ गोल अन्तरमा सकिएको हो। यो नमिठो हारसँगै एक्सेटरको एफए कप यात्रा सकिएको छ।

प्रकाशित मिति : २७ पुस २०८२, आइतबार  ७ : २५ बजे

डिस्चार्जपछि सञ्जयले भने, ‘भगवानको आशीवार्द र कृपाले फेरि पनि यस्तो दिन हेर्न पाएँ’

काठमाडौं– रसुवा बाढीपछि १० दिनसम्म त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङमा

खाली सिलिन्डर र थाल-कचौरा बोकेर आयग निगमको मुख्यालय घेराउ (तस्बिरहरू)

काठमाडौं– खाना पकाउने ग्यासको अभाव चर्किएपछि विद्यार्थी संगठनहरूले शुक्रबार नेपाल

मोती पुरस्कारबाट युवा साहित्यकार चौधरी सम्मानित

काठमाडौँ- युवा साहित्यकार इन्द्रबहादुर चौधरीलाई ‘युवा वर्ष मोती पुरस्कार, २०८२’

इरान–साउदीबीच क्षेत्रीय असुरक्षाबारे छलफल

रियाद- यमनमा पुनः युद्ध चर्किएसँगै इरान र साउदी अरबका शीर्ष