राज्य एकीकरणमा पूर्वजको महत्त्वपूर्ण योगदान : राष्ट्रपति पौडेल « Khabarhub

राज्य एकीकरणमा पूर्वजको महत्त्वपूर्ण योगदान : राष्ट्रपति पौडेल


२७ पुस २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले स–साना राज्यमा छरिएर रहेको नेपाल हालको अवस्थासम्म आइपुग्न हाम्रा धेरै पूर्वजहरूले दिएको योगदान महत्त्वपूर्ण रहेको बताएका छन् ।

३०४औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले पृथ्वीनारायण शाहले स–साना टुक्रामा छरिएर रहेका राज्यहरूलाई एकीकरण गरेर आधुनिक नेपाल राष्ट्रको निर्माण गरेको उल्लेख गरेका छन् ।

राष्ट्रपति पौडेलले भनेका छन्– ‘पृथ्वीनारायण शाहलाई सम्झँदा उहाँले नेपालको एकीकरण गर्दै राष्ट्रिय स्वाधीनता र आधुनिक नेपालको साझा पहिचानलाई स्थापित गर्नुभएको देखिन्छ । उहाँको दिव्योपदेश आज पनि उत्तिकै लोकप्रिय र सान्दर्भिक छन् ।’

राष्ट्रपति पौडेलले मुलुकको सवल अर्थतन्त्र निर्माण, राष्ट्रप्रेम, छिमेकी राष्ट्रहरूसँग कूटनैतिक सम्बन्ध निर्माण, धर्म, संस्कृति र परम्पराको संरक्षण, जनकल्याण र राज्यको जिम्मेवारी, न्याय र सुशासन तथा राष्ट्रिय एकताको प्रवर्द्धनका लागि उनका दिव्योपदेश मार्गदर्शन लिन सकिने बताएका छन् ।

उनले राष्ट्र निर्माणको अभियानलाई इतिहासको विभिन्न कालखण्डमा वीर पुर्खाहरूले निरन्तरता दिएको कारणले हामीले आज सार्वभौम र स्वतन्त्र नेपाल भनेर गर्व गर्न पाएको उल्लेख गरेका छन् ।

राष्ट्रपति पौडेलले यही आधारभूमिमा टेकेर नेपाललाई स्वतन्त्र, अविभाज्य, सार्वभौमसत्ता सम्पन्न, धर्मनिरपेक्ष, समावेशी, लोकतन्त्रमा आधारित समाजवाद उन्मुख सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्यको रूपमा संवैधानिक व्यवस्था गरेको स्पष्ट पारेका छन् ।

उनले भनेका छन्– ‘राष्ट्रिय एकता दिवसले मुलुकको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता र राष्ट्रिय एकतालाई अक्षुण्ण राखी जनताको सुख र समृद्धि हासिल गर्न सबैमा प्रेरणा प्रदान गरोस् भन्ने कामना गर्दछु ।’

प्रकाशित मिति : २७ पुस २०८२, आइतबार  ८ : २० बजे

अर्को साता उत्तर कोरिया जाँदै चिनियाँ राष्ट्रपति सी चिनफिङ

बेइजिङ- आफूलाई विश्व शक्तिको केन्द्रमा उभ्याउने कोसिस गरिरहेका चिनियाँ राष्ट्रपति

दूरसञ्चार प्राधिकरणको अध्यक्षका लागि ३२ जनाले दिए आवेदन

काठमाडौं- नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्ष पदका लागि ३२ जनाले आवेदन

विद्युत् नियमन आयोगको पदाधिकारी पदपूर्तिका लागि उर्जा मन्त्रालयले माग्यो आवेदन

काठमाडौं– विद्युत् नियमन आयोगको रिक्त पदाधिकारी पदपूर्तिका लागि उर्जा, जलस्रोत तथा

इरान–अमेरिका वार्तामा शक्तिशाली सैन्य कमान्डरको निर्णायक भूमिका

तेहरान- इरान र संयुक्त राज्य अमेरिकाबीचको तनावपूर्ण वार्ता निर्णायक मोडमा

रास्वपामा बालेनले देलान् रविलाई धक्का ?

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीले असार ७, ८ र ९ गते