प्रथम वैतेश्वर शिक्षक-कर्मचारी भलिबलको उपाधि आयोजक टिमलाई « Khabarhub

प्रथम वैतेश्वर शिक्षक-कर्मचारी भलिबलको उपाधि आयोजक टिमलाई


२७ पुस २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


798
Shares
  • change font
  • change font
  • change font

दोलखा– जिल्लाको वैतेश्वर गाउँपालिकाको आयोजनामा सञ्चालित  वडा स्तरीय शिक्षक-कर्मचारी भलिबल प्रतियोगिताको उपाधि वैतेश्वर गाउँपालिकाको कर्मचारी टिमले हात परेको छ ।

शनिबारदेखि वैतेश्वर माध्यमिक विद्यालयको खेलमैदान नाम्दुमा सुरु भएको प्रतियोगितामा सहभागी १० टिमलाई पछि पार्दै आयोजक वैतेश्वर कर्मचारी टिमले उपाधि जितेको हो । विजेता पालिकाले नगद ३० हजार रुपैयाँसहित शिल्ड-मेडल उचाल्न सफल भएको हो ।

त्यसैगरी प्रतियोगितामा वडा नम्बर-२ को शिक्षक टिम उपविजेता बन्दै नगद २० हजार सहित दोस्रो शिल्ड उचाल्न सफल भएको छ ।
प्रतियोगिता वडा नम्बर-३को शिक्षक भलिबल टिम तेस्रो बन्दै नगद १० हजार हातपार्न सफल भएको छ भने, प्रतियोगिता वडा नम्बर-१ को शिक्षक भलिबल टिमले सान्त्वना स्थान हासिल गर्दै नगद ५ हजार जितेको छ ।

प्रतियोगितामा वैतेश्वरका ८ वडाका माध्यमिक सामुदायिक विद्यालयका ८ वटा शिक्षक टिम र आयोजक गाउँपालिका-२ वटा कर्मचारी टिम सहभागी थिए ।

प्रतियोगितामा प्रथम, दोस्रो, तेस्रो र सान्त्वना हुने खेलाडीहरुलाई वैतेश्वर गाउँपालिका वडा अध्यक्षहरु असोक तामाङ,श्यामकुमार घिसिङ कमल अधिकारी र जिल्ला खेलकुद विकास समिति दोलखाका अध्यक्ष आशिष घिसिङ लगायतले पुरस्कार वितरण गरेका थिए ।

पालिका भित्रका शिक्षक-कर्मचारी बीचको सम्बन्ध थप परिचयात्मक बनोस् भन्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगिताले राष्ट्रसेवक कर्मचारी र शिक्षक बिचको सम्बन्धलाई थप सकारात्मक तथा मजबुत बनाउने बताए ।

खेलाडी उत्पादन गर्ने मुख्य थलो नै विद्यालय भएकाले शिक्षकहरूलाई खेलकुद कार्यक्रममा जोडेर आफ्ना विद्यालयबाट विद्यार्थी खेलाडी उत्पादन गर्न टेवा पुगोस् भन्ने उद्देश्यले पनि शिक्षक-कर्मचारी भलिबल कार्यक्रम आयोजना गरिएको वैतेश्वर गाउँपालिका प्रवक्ता श्यामकुमार घिसिङले बताए । सुवाश बस्नेत/दोलखा

 

प्रकाशित मिति : २७ पुस २०८२, आइतबार  ६ : ४७ बजे

भारतीय सुरक्षाकर्मीबाट दुःख पाएको भन्दै लालपुर्जा र नागरिकता माग्दै काठमाडौं आइपुगे सुस्तावासी

काठमाडौं– सीमाबारे प्रधानमन्त्रीको अभिव्यक्तिपछि मन्त्रीको अभिव्यक्ति आएलगत्तै भारतीय सुरक्षाकर्मीबाट आफूहरूले

पाँच सय जनाले पाए सुधारिएको चुलो

तुलसीपुर– तुलसीपुर उपमहानगरपालिकाले १९ वडामा २६ वटाका दरले ५०० वटा

रायोको सागमा भेटियो अत्यधिक मात्रामा विषादी 

काठमाडौं– कालिमाटीमा भक्तपुरबाट ल्याएको रायोको सागमा अत्यधिक विषादी देखिएको छ

पहिराले कान्ति लोकपथ अवरुद्ध

मकवानपुर– हेटौँडा–काठमाडौँ सडकको कान्तिलोकपथअन्तर्गत भिमफेदी गाउँपालिका–८ स्थित भरेङडाँडामा बिहानैदेखि यातायात

पहिराले दार्चुला–गोकुलेश्वर सडकखण्ड अवरुद्ध

खलङ्गा– दार्चुलाको पनेबाज क्षेत्रस्थित तेर्छालेकमा पहिरो खस्दा महाकाली लोकमार्गअन्तर्गत दार्चुला–गोकुलेश्वर