एल क्लासिको : बार्सिलोना र रियल मड्रिड भिड्दै « Khabarhub

एल क्लासिको : बार्सिलोना र रियल मड्रिड भिड्दै


२७ पुस २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


285
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – विश्व फुटबलकै सबैभन्दा चर्चित प्रतिस्पर्धा एल क्लासिको अन्तर्गत बार्सिलोना र रियल मड्रिड आज आमनेसामने हुँदैछन् । स्पेनिस सुपर कप २०२६ को फाइनलका रूपमा हुने यो खेल साउदी अरबको जेद्दाहस्थित किङ अब्दुल्लाह स्पोर्ट्स सिटी स्टेडियममा नेपाली समयअनुसार राति पौने १ बजे सुरु हुनेछ।

यो खेललाई लिएर दुवै टोलीमा उच्च तनाव र उत्साह देखिएको छ। पछिल्लो समय मिश्रित प्रदर्शन गरिरहेको रियल मड्रिड अहिले दबाबमा देखिएको छ ।

बार्सिलोनाले गत सिजन सुपर कप फाइनलमा रियल मड्रिडलाई पराजित गर्दै उपाधि जितेको थियो। त्यसको निरन्तरता दिने लक्ष्यसहित बार्सिलोना मैदान उत्रने छ।

प्रशिक्षक हान्सी फ्लिकले आफ्नो टोली आत्मविश्वासमा रहेको बताएका छन् । रियल मड्रिडका गोलरक्षक थिबाउट कोर्टुवाले पनि एल क्लासिको केवल खेल मात्र नभई प्रतिष्ठा र उपाधिको लडाइँ भएको बताएका छन्।

प्रकाशित मिति : २७ पुस २०८२, आइतबार  १० : २१ बजे

२०८४ सालको पात्रो प्रकाशन गर्न चाहनेलाई पञ्चाङ्ग निर्णायक विकास समितिको आह्वान

काठमाडौं– नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले विसं २०८४ को पात्रो

डिस्चार्जपछि सञ्जयले भने, ‘भगवानको आशीवार्द र कृपाले फेरि पनि यस्तो दिन हेर्न पाएँ’

काठमाडौं– रसुवा बाढीपछि १० दिनसम्म त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङमा

खाली सिलिन्डर र थाल-कचौरा बोकेर आयग निगमको मुख्यालय घेराउ (तस्बिरहरू)

काठमाडौं– खाना पकाउने ग्यासको अभाव चर्किएपछि विद्यार्थी संगठनहरूले शुक्रबार नेपाल

मोती पुरस्कारबाट युवा साहित्यकार चौधरी सम्मानित

काठमाडौँ- युवा साहित्यकार इन्द्रबहादुर चौधरीलाई ‘युवा वर्ष मोती पुरस्कार, २०८२’