विशेष महाधिवेशनको उद्घाटन सत्र साँच्चै विशेष रह्यो : गगन थापा « Khabarhub

विशेष महाधिवेशनको उद्घाटन सत्र साँच्चै विशेष रह्यो : गगन थापा


२७ पुस २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको विशेष महाधिवेशन विशेष नै भएको बताएका छन् । आज आइतबार भृकुटीमण्डपमा भएको विशेष महाधिवेशन उद्घाटन सत्रका कही तस्बिरहरू राखेर उनले यस्तो बताएका हुन् ।

उनले भनेका छन्, ‘नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको उद्घाटन सत्र साँच्चै नै विशेष रह्यो ।’
त्यस्तै उनले महाधिवेशनमा सहभागी हुने सबैप्रति आभार पनि व्यक्त गरेका छन् ।

‘नेपाली कांग्रेसलाई सही दिशामा उभ्याउने उद्देश्यले आयोजित यस महाधिवेशनमा सहभागी हुनुहुने तथा योगदान पुर्याउनुहुने सबैप्रति हार्दिक आभार’ उनले भनेका छन् ।

कांग्रेसका ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गरेर विशेष महाधिवेशन माग गरेको ९० दिनको दिन विशेष महाधिवेशनको उद्घाटन भएको हो ।

विशेष महाधिवेशन पार्टी विधानको धारा १७ उपधारा २ बमोजिम डाकिएको भए पनि सभापति शेरबहादुर देउवासहित उनीनिकटका नेताहरुका कारण घोषणा हुन सकेन टार्ने काम मात्रै गरियो । केन्द्रीय कार्यसम्पादनले आजैदेखि हुने भनिएको नियमित महाधिवेशन सारेर वैशाखमा पुर्याएको छ ।

विशेषको माग अलपत्र पर्ने भइसकेपछि महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मासहितले आजको लागि आह्वान गरेका हुन् । महाधिवेशन भोलिसम्म चल्नेछ । महाधिवेशनअन्तर्गत भोलि बन्दसत्र सुरु हुँदैछ ।

प्रकाशित मिति : २७ पुस २०८२, आइतबार  १० : ४१ बजे

कांग्रेसको क्षेत्रीय अधिवेशनको मिति परिवर्तन

बागमती – भारी वर्षाको सम्भावनालाई दृष्टिगत गरी नेपाली कांग्रेसको १५

प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित

गण्डकी – निरन्तरको वर्षाका कारण पोखरा अन्तरराष्ट्रिय विमानस्थबाट हुने आन्तरिक

सल्यानका ८८ जनामा स्क्रबटाइफस सङ्क्रमण

कर्णाली – सल्यान जिल्लाका तीन स्थानीय तहका ८८ जनामा स्क्रबटाइफसको

सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो

सिक्किम – पश्चिम सिक्किमको युक्सोम–ताशिदिङ निर्वाचन क्षेत्रअन्तर्गत रिम्बी गाउँमा लगातार

प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग

काठमाडौं – झारखण्ड गोरखा समाजले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा