तिहार मनाउन उपराष्ट्रपति पुन पुर्ख्यौली घर रोल्पा पुगे « Khabarhub

तिहार मनाउन उपराष्ट्रपति पुन पुर्ख्यौली घर रोल्पा पुगे


९ कार्तिक २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रोल्पा– उपराष्ट्रपति नन्दबहादुर पुन आफ्नो पुख्यौली घर पुगेका छन् । परिवर्तन गाउँपालिका–२ रांसीको डाँडागाउँमा जन्मघर भएका पुन तिहार मनाउन गएका हुन् ।

पहिलो कार्यकाल उपराष्ट्रपति भएका बेला घर गएका उपराष्ट्रपति पुनको दोस्रो कार्यकाल पछिको यो पहिलो आगमन भएको उनका भाइ भीमप्रकाश पुनले जानकारी दिए ।

उपराष्ट्रपति पुनले तिहारमा दिदीबहिनीको हातबाट टीका ग्रहण गर्ने कार्यक्रम छ । उनी गाउँपालिका स्तरमा हुने विभिन्न कार्यक्रममा सरिक हुने कार्यतालिका तय भएको वडाध्यक्ष हरिप्रसाद बुढाले जानकारी दिए ।

स्थानीय सरकार गठनपछि पहिलोपटक गृह गाउँपालिका पुगेका उपराष्ट्रपतिलाई स्थानीयले झाकी तथा बाजागाजासहित भव्य स्वागत गरेका थिए । आफ्नो गाउँपालिकामा उपराष्ट्रपतिको आगमनले आफूहरु निकै हर्षित भएको गाउँपालिकाका अध्यक्ष निमकान्त डाँगीले प्रतिक्रिया दिए ।

प्रकाशित मिति : ९ कार्तिक २०७६, शनिबार  ११ : ४९ बजे

महाधिवेशन स्थगित गरेर देउवासहित अग्रजसँग संवाद गर्न गगनलाई पूर्णबहादुरको आग्रह

काठमाडौं– नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले पार्टी सभापति गगन थापालाई

बराहक्षेत्रको धार्मिक पर्यटन प्रवर्द्धनमा पूर्वाधार निर्माण प्रदेश सरकारको प्राथमिकतामा

सुनसरी– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बराहक्षेत्रको धार्मिक तथा पर्यटन

अख्तियारको वार्षिक प्रतिवेदन : ९९० प्रतिवादीविरुद्ध बिगोसहित मुद्दा दर्ता

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०८२-८३ मा विभिन्न

परिपक्व र सबल लोकतन्त्रका लागि संविधान संशोधन हुनुपर्छ : अध्यक्ष दाहाल

काठमाडौं– राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले विगतका उपलब्धिबाट पछाडि फर्किने नभई