निर्वाचन व्यवस्थापनसम्बन्धी दुई दिने अभिमुखिकरण सुरु « Khabarhub

निर्वाचन व्यवस्थापनसम्बन्धी दुई दिने अभिमुखिकरण सुरु


२८ पुस २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

नेपालगञ्ज– मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत तथा प्रदेश, जिल्ला निर्वाचन अधिकारीका लागि निर्वाचन व्यवस्थापनसम्बन्धी दुई दिने अभिमूखिकरण कार्यक्रम आज यहाँ सुरु गरिएको छ ।

अभिमुखिकरणको शुभारम्भ गर्दै निर्वाचन आयोगका आयुक्त डा जानकीकुमारी तुलाधरले निर्वाचन लोकतन्त्रको मूल आधार भएको बताइन् । उनले यस निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, भयरहित, समावेशी तथा विश्वसनीय रुपमा सम्पन्न गर्न प्रतिबद्धताका साथ कार्य गरिरहेको जानकारी दिइन् । 

निर्वाचन आयुक्त डा तुलाधरले भनिन्, ‘निर्वाचनमार्फत जनताको सार्वभौम अधिकारको प्रयोग सुनिश्चित गर्दै लोकतान्त्रिक संस्थालाई सुदृढ बनाउन आयोगको प्रमुख दायित्व हो ।’

उनले गुनासो तथा विवाद व्यवस्थापनमा कानुनसम्मत, निष्पक्ष र समयवद्ध तथा विवेक र औचित्यपूर्ण निर्णय प्रणाली अवलम्बन गरिरहनु उपयुक्त हुने कुरामा जोड दिँदै महिला, दलित, आदिवासी, जनजाति, अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक, यौनिक अल्पसङ्ख्यकसहित सबै समुदायको समान सहभागिता सुनिश्चित गर्न आयोग प्रतिबद्ध रहेको बताइन् । 

‘निर्वाचन सञ्चालनका क्रममा सार्वजनिक स्रोत उपयोगमा पारदर्शीता, मितव्ययिता, वित्तीय अनुशासन तथा उत्तरदायित्व अनिवार्य हुन्छ’, आयुक्त डा तुलाधरले भनिन् । आजको डिजिटल युगमा सामाजिक सञ्जाल डिजिटल माध्यममार्फत द्वेषपूर्ण अभिव्यक्ति, मिथ्या सूचना, दुष्प्रचार वा अफवाहले निर्वाचनको विश्वसनीयतामा चुनौती सिर्जना गर्न सक्ने भएकाले सचेत रहन उनले आग्रह गरिन् ।  

यस निर्वाचनमा नवयुवा पुस्ताको उल्लेख्य सहभागिता रहने अपेक्षा गरिएको उल्लेख गर्दै आयुक्त डा तुलाधरले आयोगले संविधान, निर्वाचनसम्बन्धी ऐन, नियमावली, निर्देशिका, कार्यविधि, निर्वाचन आयोगद्वारा जारी मापदण्डको पूर्ण पालना विश्वसनीयताको आधार भएको बताइन् । 

सचिव पारश्वर ढुङ्गानाले विगतमा भएका निर्वाचनबाट शिक्षा लिएर आगामी निर्वाचनलाई प्रभावकारी बनाउन आग्रह गर्दै सैद्धान्तिक कुरा सँगसँगै व्यवहारिक कुरामासमेत जोड दिइने बताए । 

दुई समूहमा निर्वाचन व्यवस्थापनका विषयमा छलफल हुने अभिमूखिकरणमा प्रतिनिधिसभा सदस्य निर्वाचन, संवैधानिक तथा कानुनी व्यवस्था र निर्वाचन कार्यक्रम सम्बन्धमा नेपाल सरकारका सचिव ढुङ्गानाले, निर्वाचनका विविध पक्ष, जनशक्ति, आर्थिक, सुरक्षा व्यवस्थापन एवं मतदाता शिक्षा सम्बन्धमा विज्ञ स्रोत व्यक्ति कोमलप्रसाद धमला, निर्वाचन व्यवस्थापनमा मिथ्या सूचना, दुष्प्रचार र  द्वेषपूर्ण अभिव्यक्ति, नीतिगत व्यवस्था, नियमन र नियन्त्रण सम्बन्धमा सहसचिव सुभाषकुमार भट्टराईले सहजीकरण गर्नेछन् । 

त्यस्तै, निर्वाचन आयोगमा सञ्चालनमा रहेका सूचना प्रविधिसम्बन्धी प्रणाली स्रोत व्यक्ति वीरेन्द्रकुमार मिश्रले सहजीकरण गर्नेछन् । अभिमूखिकरणमा लुम्बिनी प्रदेश, सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेशका २७ जिल्लाका ६६ जना मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत, जिल्ला निर्वाचन अधिकारी लगायतको सहभागिता रहेको छ । रासस

प्रकाशित मिति : २८ पुस २०८२, सोमबार  १२ : २६ बजे

कर्णालीले गुमायो पाचौँ विकेट, हर्मित सिंहले लिए एकै ओभरमा दुई विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

कोलम्बियामा जबर्जस्ती रकम असुलीसँग सम्बन्धित आक्रमणमा छ जनाको मृत्यु

काठमाडौँ– कोलम्बियाको दक्षिणपश्चिमी हुइला विभागको सुजा नगरपालिकास्थित ग्रामीण क्षेत्रमा जबर्जस्ती रकम

सप्तकोशी बोट दुर्घटनाबारे अध्ययन गर्न समिति गठन

विराटनगर– कोशी प्रदेश सरकारले प्रदेशको मुख्यन्यायाधिवक्ता कार्यालयको आर्थिक वर्ष २०८२-८३

इजरायलमा आमनिर्वाचन जारी, नेतान्याहूलाई पूर्वसेनाप्रमुख आइजेनकोटको चुनौती

काठमाडौँ –  इजरायलमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहू र पूर्वसेनाप्रमुख गादी आइजेनकोटबीच कडा

एनपीएलमा चाँदीको बल पुरस्कार, पहिलो विजेता बने शेर मल्ल !

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा एक्स्ट्रिम इनर्जी