शेखरले भने : विष पिएर पनि कांग्रेसलाई फुट्नबाट जोगाउँछु, दुवै पक्षसँग अन्तिम प्रयास गर्दैछु « Khabarhub

शेखरले भने : विष पिएर पनि कांग्रेसलाई फुट्नबाट जोगाउँछु, दुवै पक्षसँग अन्तिम प्रयास गर्दैछु


२८ पुस २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले आफूनिकट केन्द्रीय सदस्य, जिल्ला पार्टी सभापति, वरिष्ठ अधिवक्ताहरूसँग सोमबार दिउँसो छलफल गरेका छन ।

सभापति शेरबहादुर देउवालाई भेटनुअघि गरेको छलफलमा डा. कोइरालाले आफू पार्टीलाई एकताबद्ध गरेर लैजान प्रतिबद्ध रहेको बताए । पार्टीलाई फूटबाट जोगाउन आफू पार्टीका सबै पक्षसँग निरन्तर छलफल र संवादमा रहेको जानकारी उनले दिए ।

कोइरालाले आफू विष पिएरै भए पनि पार्टीभित्रको एकता कायम गरिछाड्न अन्तिम प्रयासमा जुटिरहेको जवाफ दिएका छन्।

कोइरालाले भने- ‘म पार्टी सभापति, कार्यवाहक सभापति तथा महामन्त्रीहरुसँग पार्टी कुनै पनि हालतमा फुट्न दिनु हुन्न भनेर कुरा गरिहेको छु’, उनले अगाडि भने, ‘तपाईंहरू ढुक्क हुनुस, पार्टी फुटदैन । तपाईंहरू पनि त्यसैमा लाग्नुस। निराश हुनुपर्ने काम छैन ।’

उक्त छलफलमा कानुन व्यवसायीहरूले कांग्रेसको विधानअनुसार विशेष महाधिवेशन बोलाउने अधिकार केन्द्रीय कार्य समितिलाई मात्रै भएको बताए । अहिले महामन्त्रीहरूले बोलाएको विशेष महाधिवेशन वैध पनि नभएको जिकिरसहित उनीहरूले नेतृत्व परिवर्तन गर्न नमिल्ने बताए ।

उक्त छलफलमा सबै नेता तथा कार्यकर्ताहरूले पार्टीलाई फूटबाट जोगाउन डा. कोइरालाले दुवै पक्षसँग सहजीकरण गरी पार्टीलाई एकताबद्ध बनाउन आग्रह गरे ।

छलफलमा पार्टी उपसभापति धनराज गुरुङ, सहमहामन्त्री बद्री पाण्डे र जीवन परियार, केन्द्रीय सदस्यहरू बलबहादुर केसी, मिनेन्द्र रिजाल, वरिष्ठ अधिवक्ताहरू शेरबहादुर केसी, योगेन्द्र अधिकारी, उपेन्द्रकेशरी न्यौपाने लगायत सहभागी थिए।

प्रकाशित मिति : २८ पुस २०८२, सोमबार  ४ : ५१ बजे

राहदानी छपाइ प्रकरण : मुद्दा दायर भएका १८ मध्ये ९ जना परराष्ट्र कै कर्मचारी

काठमाडौं । राहदानी छपाइ भ्रष्टाचार प्रकरणमा सोमबार १८ जनाविरुद्ध मुद्दा

कोटेश्वरमा कारले चार मोटरसाइकललाई ठक्कर दिँदा पाँच जना घाइते

काठमाडौं – काठमाडौंको कोटेश्वरस्थित भाटभटेनी नजिक सोमबार भएको सवारी दुर्घटनामा

उपाध्यक्ष पौडेलको पक्राउ राजनीतिक प्रतिशोध र शृङ्खलाबद्ध षड्यन्त्र : ओली

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्ष विष्णु

विष्णु पौडेल पक्राउबारे एमालेले भन्यो : सरकारले अपहरणको शैलीमा गिरफ्तार गर्‍यो, डटेर सामाना गर्छौं

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले पार्टीका उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई

बारामा मोटरसाइकलको ठक्करबाट तीन जनाको मृत्यु

बारा – बाराको जीतपुरसिमरा उपमहानगरपालिका– ९ छातापिपरामा आज साँझ मोटरसाइकलले