नेपालमा एक वर्षमा प्रेस स्वतन्त्रता हननका १२१ घटना « Khabarhub

नेपालमा एक वर्षमा प्रेस स्वतन्त्रता हननका १२१ घटना


२८ पुस २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालमा एक वर्षमा प्रेस स्वतन्त्रता हननका १२१ घटना घटेको पाइएको छ ।

प्रेस काउन्सिल नेपालले आज एक प्रेस विज्ञप्ति जारी गर्दै काउन्सिलमा दर्ता भएका निवेदन र नियमित अनुगमनका आधारमा प्रेस स्वतन्त्रता हननसम्बन्धी घटनाहरूको अभिलेखन गर्ने क्रममा सन् २०२५ जनवरी १ देखि सन् २०२५ डिसेम्बर ३१ सम्ममा उक्त सङ्ख्यामा प्रेस स्वतन्त्रता हननका  घटना घटेको जनाएको हो ।

सबैभन्दा बढी धम्की दुर्व्यवहार का ५० घटना अभिलेख भएका छन् । यसैगरी आक्रमण कुटपिटका ३७, पेसागत असुरक्षाका १५, कब्जा र अवरोधका नौ, पक्राउ प्रयासका पाँच, शङ्कास्पद मृत्युका दुई, नीतिगत बन्देजका दुई र लैङ्गिक हिंसाका एक घटना अभिलेख भएका छन् ।

प्रदेशअनुसार अनुगमन गर्दा सबैभन्दा बढी बागमती प्रदेशमा ६२, मधेस प्रदेशमा २७, सुदूरपश्चिममा आठ, कोशीमा सात, लुम्बिनी र गण्डकीमा ६-६ र कर्णालीमा पाँच घटना घटेका छन् ।

लैङ्गिक आधारमा एक वर्षभरिमा १९० पुरुष र १० महिला गरी २०० जना पत्रकार र सञ्चारमाध्यमलाई प्रेस स्वतन्त्रता प्रयोग गर्न अवरोध गरिएको देखिएको काउन्सिलले जनाएको छ ।

यस अवधिमा प्रेस स्वतन्त्रता दुरुपयोगलाई १० वटा घटना घटेका छन् । यसमा बागमती प्रदेशमा पाँच, मधेस प्रदेशमा चार र कर्णालीमा एक घटना घटेको विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति : २८ पुस २०८२, सोमबार  ५ : ५५ बजे

विभिन्न अस्पताल र बोर्डका लागि अन्तर्वार्ताका लागि छनोट भएकाको सूची सार्वजनिक

काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले विभिन्न सार्वजनिक निकायका

उच्च जोखिममा खटिने सशस्त्र प्रहरीलाई प्रोत्साहन भत्ता दिइने

काठमाडौँ । नेपाल सरकार मन्त्रिपरिषद्को असार ३० गतेको निर्णयले सशस्त्र

किन भयो प्रतिनिधिसभा बैठकको समय परिवर्तन ?

काठमाडौं । प्रतिनिधिसभाको बुधबार बिहान बोलाइएको बैठकको समय परिवर्तन गरिएको

पूर्वसचिव जोशीको निधन

काठमाडौँ । सहरी योजनाकार तथा नेपाल सरकारका पूर्वसचिव डा जीवगर

नक्कली शरणार्थी प्रकरण : कसलाई कति सजाय ? (सूचीसहित)

काठमाडौं । जिल्ला अदालत काठमाडौंले बहुचर्चित नक्कली शरणार्थी प्रकरणमा मुछिएकामध्ये