विशेष महाधिवेशनको दबाब बढेपछि महामन्त्रीद्वयसँग वार्ता गर्न तयार भए देउवा « Khabarhub

विशेष महाधिवेशनको दबाब बढेपछि महामन्त्रीद्वयसँग वार्ता गर्न तयार भए देउवा

मीन विकले भने- कार्यवाहक सभापतिसहित कुरा गर्छु भन्नु भएको छ


२८ पुस २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


831
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- दोस्रो विशेष महाधिवेशनका कारण तीव्र दबाबमा परेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा अन्तत: महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मासँग वार्ता गर्न तयार भएका छन् ।

सोमबार दिनभर आफूनिकट पदाधिकारी र केन्द्रीय सदस्य तथा कानुनविद्हरूसँगको परामर्श र छलफलपछि देउवाले महामन्त्रीद्वयसँग वार्ता गर्ने बताएका हुन् ।

कांग्रेसका प्रचार विभाग प्रमुख मीन विश्वकर्माले सभापति देउवाले महामन्त्रीद्वयसँग वार्ता गर्ने जानकारी दिएका हुन् ।

उनले महामन्त्रीद्वय शर्मा र थापासँग वार्ता गर्ने गरी संस्थापन पक्षमा छलफल गरेका हुन् ।

देउवा निवासमा भएको लामो छलफलपछि बाहिरिँदै विश्वकर्माले सभापतिले महामन्त्रीहरूसँग छलफल गरेर अहिलेको समस्यालाई निष्कर्षमा पुर्‍याउने उल्लेख गरेका छन् ।

विश्वकर्माले महामन्त्रीलाई भेट्न देउवा विशेष महाधिवेशनस्थलमा उपस्थित हुने या महामन्त्रीहरू महाराजगञ्ज जाने कुरा भने खुलाएका छैनन् ।

कांग्रेस कार्यसम्पादन समितिका एकजना सदस्यका अनुसार सोमबार दिनभर भएको छलफलबाट कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई समेत महामन्त्रीद्वयसँगको वार्तामा उपस्थित गराउने तयारी देउवाले गरेका छन्।

महामन्त्रीद्वयसँग देउवा र खड्काले छलफल गरेर सहमतिको बाटो खोज्ने निष्कर्ष महाराजगञ्जको छलफलले निकालेको हो । यता नेता डा. शेखर कोइरालाले पनि सोमबार दिउँसो सभापति देउवा र महामन्त्रीद्वयसँग संवाद गरेका छन् ।

उनले कांग्रेसको संकट टार्न मध्यमार्गी भूमिका खेल्दै पार्टीलाई जोगाउन विष पिउन पनि तयार रहेको बताएका छन् । सुरूमा देउवासँग संवाद गरेका उनले अहिले महामन्त्रीद्वयसँग सम्भावित समाधानको विकल्पबारे छलफल गरिरहेका छन्।

प्रकाशित मिति : २८ पुस २०८२, सोमबार  ६ : ०६ बजे

फोटो लाइब्रेरीले खिँचेको तोसिमा कार्कीको फोटोमा कसले गर्‍यो छेडखानी ?

काठमाडौँ – चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम

यी भूभागमा वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

राप्रपा बैठक बहिष्कारबारे पूर्वअध्यक्षको स्पष्टीकरण: ‘पार्टी कमजोर भएको मूकदर्शक बनेर हेर्न सक्दैनौँ’

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को हालै सम्पन्न केन्द्रीय

पहिलो पटक विश्वकप खेलेको केप भर्डेको तहल्का: स्पेनपछि उरुग्वेलाई झट्का

मियामी – पहिलो पटक विश्वकप खेलिरहेको केप भर्डेले आफ्नो सनसनीपूर्ण

इरानसँग बेल्जियमको गोलरहित बराबरी, एनगोयले पाए रातो कार्ड

लस एन्जलस- उपाधि दावेदार मानिएको बेल्जियम फिफा विश्वकप अन्तर्गत समूह