एक करोड लागतमा पुस्तकालय भवन निर्माण « Khabarhub

एक करोड लागतमा पुस्तकालय भवन निर्माण


२८ पुस २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

दमौली– यहाँको देवघाट गाउँपालिका–५ मा एक करोड लागतमा देवघाट सार्वजनिक पुस्तकालयको नयाँ भवन निर्माण सम्पन्न भएको छ । पुरानो भवन जीर्ण भई पुस्तकहरूमा ठूलो क्षति पुगेपछि नयाँ भवन निर्माण गरिएको हो । 

पुरानो भवनमा धमिराले पुस्तकहरू नष्ट गर्न थालेपछि पछिल्ला तीन वर्षदेखि नेपाल रेडक्रस सोसाइटी, देवघाटको भवनमा अस्थायी रूपमा पुस्तकालय व्यवस्थापन हुँदै आएको थियो । 

बहुमूल्य तथा दुर्लभ पुस्तकको संरक्षण गर्न कठिनाइ भइरहेको अवस्थामा नयाँ भवन निर्माणले राहत मिलेको पुस्तकालय भवन निर्माण समितिका संयोजक शिवराज पौडेलले जानकारी दिए । उनका अनुसार भवन निर्माण सम्पन्न भए पनि व्यवस्थापकीय कामहरू अझै बाँकी छ । 

देवघाट गाउँपालिका, गण्डकी प्रदेश सरकार, देवघाट–५ वडा कार्यालय, देवघाट क्षेत्र विकास समिति, विद्यापीठ, समुदायमा आधारित सङ्घसंस्था, आश्रम, शिक्षाप्रेमी, उद्योगी, व्यवसायी तथा सर्वसाधारण दाताहरूको आर्थिक सहयोगमा नयाँ पुस्तकालय भवन निर्माण गरिएको पौडेलले जानकारी दिए ।

हाल पुस्तकालयमा दश हजारभन्दा बढी पुस्तक छन् । जसमध्ये करिब ३५ प्रतिशत धार्मिक तथा आध्यात्मिक पुस्तक र बाँकी साहित्य, बालशिक्षा, दर्शनशास्त्रलगायत विभिन्न विधाका पुस्तक छन् ।

प्रकाशित मिति : २८ पुस २०८२, सोमबार  ७ : ०० बजे

लागूऔषधसहित सात जना पक्राउ

बाँके– प्रहरीले बाँकेका दुई अलग–अलग स्थानबाट ६३ दशमलव ८९ ग्राम

भोटेकोशी बाढी : जुम्लाका ६३ जना अझै सम्पर्कविहीन

जुम्ला– भोटेकोशीमा बाढीमा परेर जुम्लाका ६३ जना अझै सम्पर्कविहीन रहेका

आज विश्वकर्मा पूजा र वास्तु दिवस मनाइँदै

काठमाडौँ – कालिगढले आज विश्वकर्माको पूजाआराधना गरी वास्तु दिवस एवम्

प्रतिनिधिसभाको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठक आज बस्दैछ । अपराह्न

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर