नेपालका लागि डिजिटल रुपान्तरण अनिवार्य : सञ्चारमन्त्री खरेल « Khabarhub

नेपालका लागि डिजिटल रुपान्तरण अनिवार्य : सञ्चारमन्त्री खरेल


२८ पुस २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले मुलुकमा सुशासन, पारदर्शिता र भ्रष्टाचार नियन्त्रणका साथै समुन्नत नेपाल निर्माणका लागि डिजिटल रुपान्तरण अनिवार्य भएको बताएका छन् ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गतको राष्ट्रिय एआई केन्द्र तथा एसियाली विकास बैंक (एडिबी)को संयुक्त आयोजनामा आज आयोजित नेपाल एआई संवाद शृङ्खलाको उद्घाटन गर्दै मन्त्री खरेलले नेपालले ‘डिजिटल हाइवे’ निर्माणलाई अगाडि बढाइरहेको सन्दर्भमा एआईसम्बन्धी बहस एआई नीति कार्यान्वयनका लागि उपयोगी हुने विश्वास व्यक्त गरे ।

उनले भने, “आजको राष्ट्रिय एआई नीति संवाद केवल नीति निर्माणको विषय मात्र होइन, यो सम्भावनाको प्रतीक हो, जहाँ प्रविधि, शासन प्रणाली र नयाँ पुस्ताका आकांक्षाहरू एकापसमा भेटिन्छन् ।” उनले भ्रष्टाचार र सुशासनका लागि उठेको जेनजी आन्दोलन केवल विरोध प्रदर्शन मात्र नभई मूल्य र मान्यताहरुको स्पष्ट घोषणा भएको उल्लेख गरे ।

सञ्चारमन्त्री खरेलले नेपालको एआई नीति जारी भएसँगै राष्ट्रिय एआई केन्द्र स्थापना गरेर डिजिटल रुपान्तरणको आधार तयार गरिसकेको बताए । उनले भने, “यो त केवल सुरुआत मात्र हो, वास्तविक परीक्षा भनेको कार्यान्वयन हो । यसको उद्देश्य रोजगारी, नवप्रवद्र्धन र प्रत्येक नागरिकको जीवनमा असर पार्ने सेवामा रुपान्तरण गर्नु हो ।”

मन्त्री खरेलले एआई कुनै ढाँचाको अवधारणा नभई यसले विश्वभर अर्थतन्त्र, स्वास्थ्य, शिक्षा, कृषि र शासन प्रणालीलाई पुनः आकार दिइरहेको बताए । उनले नेपालका लागि एआई भूगोल, कमजोर पूर्वाधार र सीमित स्रोतका अवरोधहरुलाई छलाङ मारेर पार गर्ने अवसर भएको उल्लेख गरे ।

कार्यक्रममा सञ्चार मन्त्रालयका सचिव राधिका अर्यालले राष्ट्रिय एआई नीतिको कार्यान्वयन गरेर मुलुकलाई डिजिटल रुपान्तरणको दिशामा अगाडि बढाउन छलफल सान्दर्भिक भएको उल्लेख गरे ।

प्रकाशित मिति : २८ पुस २०८२, सोमबार  ८ : १८ बजे

विशेष महाधिवेशन पक्षधरबारे दीपक खड्का : वार्तामा कुरा नमिले निष्कासन गरिन्छ

काठमाडौं- नेपाली कांग्रेसका नेता दीपक खड्काले विशेष महाधिवेशन पक्षधर गगन

खेलकुदमन्त्रीलाई कर्णालीका मुख्यमन्त्रीको सुझाव : दशौँ राष्ट्रिय खेलकुदको तयारी गर्नुहोस्, सहयोग गर्छौँ

सुर्खेत- कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका

कांग्रेस विशेष महाधिवेशन : मनोनयन दर्ता साढे छ बजेपछि मात्रै हुने

काठमाडौं– नेपाली कांग्रेस विशेष महाधिवेशन निर्वाचन समितिले फाराम वितरणको काम

महाराजगञ्जको दृश्य : पूर्णबहादुर बोल्दै गर्दा घोसेमुन्टो लगाएर सुनिरहे शेरबहादुर देउवा

काठमाडौं- चौधौँ महाधिवेशनबाट सभापति बनेका शेरबहादुर देउवाले केन्द्रीय कार्यसमितिमा बलियो

चितवन र मकवानपुरका ५२ प्रतिशत साना उद्योगको कारोबारमा गिरावट

काठमाडौं– चितवन र मकवानपुरका साना तथा मझौला उद्योगहरूको अवस्थाबारे नेपाल