कांग्रेस विधान महाधिवेशनको बन्द सत्रमा ढिलाइ, त्रिपक्षीय वार्ताले केन्द्रीय समिति बैठक पनि सर्यो « Khabarhub

कांग्रेस विधान महाधिवेशनको बन्द सत्रमा ढिलाइ, त्रिपक्षीय वार्ताले केन्द्रीय समिति बैठक पनि सर्यो


२९ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


258
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – मंगलबार बिहान ८ बजेबाट सुरू हुने भनिएको नेपाली कांग्रेसको विधान महाधिवेशनको दोस्रो दिनको बन्द सत्र अझै सुरू हुन सकेको छैन।

सहमतिका लागि बालुवाटारमा पार्टी सभापति शेरबहादुर देउवा, डा. शेखर कोइराला र विशेष महाधिवेशन पक्षधरबीच वार्ता चलिरहेकाले बन्द सत्र प्रभावित भएको हो।

वार्ता जारी रहँदा महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगनकुमार थापा ढिलोगरी महाधिवेशन स्थल भृकुटीमण्डप पुगेका छन्।

नेतृत्व तहमा सहमति खोज्ने प्रयास जारी रहेकाले महाधिवेशनको कार्यतालिका प्रभावित भएको हो ।

उता, कांग्रेस संस्थापन पक्षले बिहान ११ बजेका लागि बोलाएको केन्द्रीय कार्यसमिति बैठक पनि सरेको छ।

पार्टी केन्द्रीय कार्यालय बी.पी. स्मृति भवन, ललितपुरमा बस्ने भनिएको बैठक दिउँसो १ बजे बस्ने गरी समय परिवर्तन गरिएको छ।

मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी सूचनामा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य तथा सातै प्रदेशका सभापतिलाई दिउँसो १ बजे उपस्थित हुन अनुरोध गरिएको छ।

विशेष महाधिवेशनस्थलमा प्रतिनिधिहरू बन्द सत्र सुरू हुने प्रतीक्षामा रहेका छन्। नेतृत्व तहको वार्ताबाट सहमति ननिस्किए विधान महाधिवेशनबाट नयाँ नेतृत्व चयन तयारी थालिएको छ ।

प्रकाशित मिति : २९ पुस २०८२, मंगलबार  ९ : ४४ बजे

हेर्क भन्थे- फिल्म चल्नुहुन्न, स्वस्तिमाले भनिन्- धरानमा लाग्यो है

काठमाडौं – फिल्म ‘लालीबजार’ अदालतको आदेशबाट प्रदर्शनमा आएसँगै बक्स अफिसमा

भारतमा सलह बन्दै ‘कक्रोच’ डिजिटल विद्रोह

भारतमा अहिले एउटा अनौठो राजनीतिक अभियानले सामाजिक सञ्जालदेखि राष्ट्रिय राजनीतिसम्म

गर्भवतीको हेलिकप्टरमार्फत उद्धार

बाजुरा– जिल्लाको बुढीनन्दा नगरपालिकाको कोल्टीस्थित कोल्टी आधारभूत अस्पतालमा सुत्केरी हुन

मितेरी साइनोको कथामा आधारित ‘मितज्यू’

काठमाडौं– मितेरी साइनो र संस्कृतिलाई झल्काउने मनोरञ्जनात्मक चलचित्र ‘मित्रज्यू’ यही

जबरजस्ती करणी गरेको अभियोगमा दुईजना पक्राउ

दाङ– १९ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा २ जनालाई