गोल्डेन ग्लोबसँगै अवार्ड सिजनको सुरुवात : लियोनार्डोको फिल्मको वर्चस्व « Khabarhub

गोल्डेन ग्लोबसँगै अवार्ड सिजनको सुरुवात : लियोनार्डोको फिल्मको वर्चस्व


२९ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – विश्वभर प्रतिक्षा गरिने अवार्ड सिजनको औपचारिक सुरुवात ८३औँ गोल्डेन ग्लोब अवार्डसँगै भएको छ। जनवरी ११ मा सम्पन्न समारोहमा यस वर्ष लियोनार्डो डिक्याप्रियो अभिनित फिल्म ‘वान ब्याटल आफ्टर एनोदर’ ले सबैभन्दा धेरै चर्चा र सफलता हात पार्दै समारोहमा वर्चस्व कायम गर्‍यो।

यस वर्षको प्रतिस्पर्धामा ‘ह्यामनेट’ पनि मजबुत रूपमा उभिन सफल भयो। क्लोइ झाओको निर्देशनमा बनेको उक्त फिल्मले ड्रामा विधामा उत्कृष्ट प्रदर्शन गर्दै महत्त्वपूर्ण अवार्ड आफ्नो नाममा पार्न सफल भयो ।

टेलिभिजन विधातर्फ भने नेटफ्लिक्सको ‘एडोलोसेन्स’ ले अग्रता लिँदै उत्कृष्ट टिभी कन्टेन्टको रूपमा आफूलाई स्थापित गर्‍यो।
गोल्डेन ग्लोबमा ‘ह्यामनेट’ ले उत्कृष्ट ड्रामा फिल्मको अवार्ड जित्दा, ‘वान ब्याटल आफ्टर एनोदर’ ले उत्कृष्ट म्युजिकल वा कमेडी फिल्मको उपाधि हात पार्‍यो। यही फिल्मले उत्कृष्ट सह–अभिनेत्री, उत्कृष्ट निर्देशक र उत्कृष्ट पटकथा गरी तीन प्रमुख विधामा अवार्ड जित्दै आफ्नो बलियो उपस्थिति देखायो।

गैर–अंग्रेजी भाषातर्फको उत्कृष्ट फिल्मको अवार्ड ‘द सिक्रेट एजेन्ट’ ले जित्यो भने ‘के–पप डेमन हन्टर्स’ उत्कृष्ट एनिमेटेड फिल्म घोषित भयो।
अभिनयतर्फ, ‘ह्यामनेट’ बाट जेसी बक्ली उत्कृष्ट अभिनेत्री बनिन्। उत्कृष्ट अभिनेता (ड्रामा) को अवार्ड ‘द सिक्रेट एजेन्ट’ का लागि वाग्नर मोराले जिते। यो उनका लागि दोस्रो गोल्डेन ग्लोब मनोनयन थियो, जसलाई उनले अवार्डमा परिणत गरे।

म्युजिकल वा कमेडी विधामा उत्कृष्ट अभिनेत्रीको अवार्ड ‘इफ आइ ह्याड अ लेग्स आइ ह्याड किक यु’ बाट रोज बर्नले जितिन् भने उत्कृष्ट अभिनेता ‘मार्टी सुप्रिम’ बाट टिमोथी स्यामलेट घोषित भए। यस वर्ष निकै चर्चामा रहेको फिल्म ‘सिनर्स’ ले भने उत्कृष्ट सिनेम्याटिक उपलब्धि र बक्स अफिस अचिभमेन्ट गरी दुई अवार्ड जित्दै व्यावसायिक र कलात्मक दुवै पक्षमा सफलता हासिल गर्‍यो।

८३औँ गोल्डेन ग्लोबले यस वर्षको फिल्म र टेलिभिजन उद्योगको दिशा स्पष्ट गर्दै आगामी अवार्ड समारोह-अस्कर, बाफ्टा र अन्य प्रतिष्ठित अवार्डप्रतिको उत्साहलाई अझ बढाएको छ।

प्रकाशित मिति : २९ पुस २०८२, मंगलबार  १० : ५१ बजे

बाढीले उजाडियो पर्वतको फर्से बजार

गण्डकी – कालीगण्डकी नदीमा आएको बाढीले पर्वतको जलजला गाउँपालिका–८ फर्सेको

गाडी रिजर्भ गरेर बाढी हेर्न जानेको भीड (तस्बिरहरु)

काठमाडौं – कालीगण्डकी नदीमा आएको बाढी हेर्नका लागि बागलुङ बजारबाट

म्याग्दी पहिरो अपडेट : मृतकको संख्या छ पुग्यो, तीन जना बेपत्ता

म्याग्दी – म्याग्दीमा पहिरोबाट ज्यान गुमाउनेको संख्या छ जना पुगेको

काठमाडौं हिँडेका सवारीसाधन कुरिनटारमा रोकिए (तस्बिरहरू)

चितवन – अविरल वर्षाका कारण पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४

मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह

लमजुङ – मनाङको चामे गाउँपालिका–४ स्थित घट्टेखोलामा पहिरो झरिरहेको र