अभियन्ता सायमी नेकपामा प्रवेश गर्दै, केन्द्रीय सदस्य पाउने « Khabarhub

अभियन्ता सायमी नेकपामा प्रवेश गर्दै, केन्द्रीय सदस्य पाउने


२९ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


159
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अभियन्ता सुमन सायमी नेपाली कम्युनिस्ट पार्टी (नेकपा)मा प्रवेश गर्ने भएका छन् । बुधबार नेकपाको वृहत एकता तथा केन्द्रीय सदस्य सार्वजनिक गर्ने कार्यक्रममार्फत उनी नेकपामा प्रवेश गर्न लागेका हुन् ।

सायमीलाई नेपाल कम्युनिस्ट पार्टी नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपाल लगायतले लामो समयदेखि पार्टीमा भित्र्याउन कसरत गरेका थिए । सायमीलाई नेकपाले केन्द्रीय सदस्य बनाएर पार्टीमा भित्र्याउन लागेको बुझिएको छ।

सायमीले खबरहबलाई दिएको जानकारी अनुसार ४० जना काठमाडौँका आदिवासी समुदायसहित उनी नेकपामा प्रवेश गर्न लागेका हुन् ।

‘म राष्ट्रिय मुक्ति पार्टीसँग असन्तुष्ट भएर नेकपामा प्रवेश गर्न लागेको होइन । अहिलेको आवश्यकता विभिन्न पार्टीबीचको ध्रुवीकरणकाे मागलाई मध्यनजर गर्दै हाम्रो समूह त्यता प्रवेश गर्न लागेको हो,’ सायमीले खबरहबलाई भने, ‘ढिलो चाँडो मुक्ति पार्टी पनि नेकपामा प्रवेश गर्ने कुरामा म ढुक्क छु।

सायमी काठमाडौँ क्षेत्र नम्बर ८ बाट चुनाव लड्ने तयारीमा रहेको समेत जानकारी गराएका छन्। यो क्षेत्रबाट २०७९ को निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका नेता विराजभक्त श्रेष्ठ विजयी भएका थिए। अहिले पनि श्रेष्ठ त्यही ठाउँबाट निर्वाचन लड्न रास्वपाबाट एकल सिफारिस भएका छन्।

प्रकाशित मिति : २९ पुस २०८२, मंगलबार  ११ : ५५ बजे

सेन्सर बोर्डको नामबाट ‘सेन्सर’ गायब

काठमाडौं – केन्द्रीय चलचित्र जाँच समितिको नाममा केही हेरफेर भएको

अनुराग कश्यपले तारिफ गरे कान्समा पुगेको नेपाली फिल्म ‘इलिफेन्ट इन द फग’

काठमाडौं – भारतीय चलचित्रकर्मी अनुराग कश्यपले नेपाली फिल्म ‘इलिफेन्ट इन

प्रतिनिधिसभामा सडक सुरक्षा, विपद् तयारी र मल अभावबारे सरकारको ध्यानाकर्षण

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले सडक सुरक्षा, मनसुनजन्य विपद् तयारी,

लेक लागेका युवा उद्धार गर्न र क्यान्सर औषधि उपलब्ध गराउन सांसदहरूको माग

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले बझाङमा यार्सागुम्बा संकलनका क्रममा लेक

हेर्क भन्थे- फिल्म चल्नुहुन्न, स्वस्तिमाले भनिन्- धरानमा लाग्यो है

काठमाडौं – फिल्म ‘लालीबजार’ अदालतको आदेशबाट प्रदर्शनमा आएसँगै बक्स अफिसमा