स्याङ्जा २ मा रास्वपाबाट पौडेलसहित गुरुङ र डुम्रेको चर्चा « Khabarhub

स्याङ्जा २ मा रास्वपाबाट पौडेलसहित गुरुङ र डुम्रेको चर्चा


२९ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


810
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि स्याङ्जाको निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को तर्फबाट प्राध्यापक तोयारानारायण पौडेलसहित ३ जनाको नाम चर्चामा आएको छ ।

वालिङ ११, छतिवनका प्राध्यापक पौडेलले समग्र स्याङ्जाको विकासको विषयमा अवधारणा सार्वजनिक गर्दै आगामी निर्वाचनमा सो निर्वाचन क्षेत्रबाट आफ्नो उम्मेदवारी रहने जनाएका छन् ।

लामो समयदेखि शैक्षिक प्राध्यापन पेसामा आबद्ध भएका उनी परम्परागत शक्तिबाट मुलुकको विकास असम्भव देखिएको भन्दै रास्वपामा आबद्ध भएका थिए ।

त्यस्तै, ०७९ मंसिरमा भएको निर्वाचनमा रास्वपाको तर्फबाट उम्मेदवार बनेका वालिङका टिकराज गुरुङ पनि पुनः उम्मेदवार हुनसक्ने चर्चा रास्वपाभित्र भइरहेको छ ।

साथै, वालिङका झविलाल डुम्रेले पनि आगामी निर्वाचनमा सो निर्वाचन क्षेत्रबाट आफ्नो उम्मेदवारी रहने घोषणा गरेका छन् ।

प्रकाशित मिति : २९ पुस २०८२, मंगलबार  ११ : ५८ बजे

कुनै पनि हालतमा पार्टी फुट्न दिँदैनौँ : सुजाता कोइराला 

काठमाडौं– नेपाली कांग्रेसकी नेत्री सुजाता कोइरालाले पार्टीलाई कुनै पनि हालतमा

आफ्नो देशलाई रोमानियासँग विलय गराउने पक्षमा भोट हाल्छु : मोल्दोभाकी राष्ट्रपति सन्दु

काठमाडौं– मोल्दोभाकी राष्ट्रपति माइया सन्दुले आफ्नो मुलुकलाई रोमानियामा विलय गराउने

उम्मेदवारीका लागि मनोनयन पत्र वितरण सुरु

काठमाडौं– नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनका लागि उम्मेदवारी दर्ता प्रक्रियाअन्तर्गत

सभामुख भन्छन् : संसद् पुनर्स्थापना गरेर निर्वाचनमा जानु उपयुक्त, सर्वोच्चले छिटो फैसला दिए राम्रो

काठमाडौं- विघटित प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले सर्वोच्च अदालतले संसद् पुनर्स्थापना

ट्राफिक सप्ताह–२०८२ : ट्राफिक प्रहरी प्रभाग गौशलाद्वारा प्रभातफेरी

काठमाडौं– सवारी दुर्घटना न्यूनीकरण महाअभियान तथा ट्राफिक सप्ताह–२०८२ का अवसरमा