रसिकको बालकथा कृति ‘बेलबहादुरसँग बिहे’ तेस्रो संस्करण सार्वजनिक « Khabarhub

रसिकको बालकथा कृति ‘बेलबहादुरसँग बिहे’ तेस्रो संस्करण सार्वजनिक


२९ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– साहित्यकार जितेन्द्र रसिकको बालकथा कृती ‘बेलबहादुरको बिहे’ तेस्रो संस्करण आइतबार सार्वजनिक गरिएको छ । कथा कृति एजुकेसनल पब्लिसिङ हाउसका बिक्री अधिकृतहरू भजन राउत, शिवराम श्रेष्ठ,गजेन्द्र ङाखुसी  रमण राउत लगायतले एजुकेश्नल पब्लिसिङ हाउसले आइतबार  लोकार्पण गरेको हो। 

लोकार्पणसँगै काठमाडौँको जमलस्थित  बिक्री कक्षबाट थोक तथा खुद्रा बिक्री थालिएको हो । नेवाः संस्कृति र संस्कार ‘इहि’ भित्र रहेको जीवन विज्ञान समेटिएको उक्त कृतिमा नेवाः समुदायका बालिकाहरूको  इहि गर्दा प्रयोग हुने मुख्य फल बेललाई कथाको नायकको रूपमा प्रस्तुत गरिएको कथाकार जितेन्द्र रसिकले बताए । 

नेवारी परम्परा अनुसार  ‘इहि’ गरिने समय  बालिकाले दुलाहाका प्रतीक बेलका बारे जनाएको कौतुहलता बाट सुरु हुने यो कथाको रोचक प्रस्तुतिले  बालबालिकाहरूलाई भरपुर मनोरञ्जनका साथै दिने प्रकाशकले जनाएको छ । ‘इहि’ परम्परामा अमूर्त रूपमा रहेका जीवनविज्ञानको समेत कृतिले पाठकलाई ज्ञान दिलाउन सक्षम रहेको प्रकाशकको दावी छ । 

कथामा नेवारी परम्परा अनुसार कथाबाटै  ‘इहि’ गर्ने विधि समेत संवादात्मक शैलीको प्रस्तुतिले कथा पढ्ने पाठकलाई चलचित्र हेरेजस्तै अनुभूति दिलाउने एजुकेस्नल पब्लिसिङ हाउसका सञ्चालक अञ्जन श्रेष्ठको भनाई छ । 

नेवाः संस्कारमा आधारित कथा कृति ‘बेलबहादुरसँग बिहे’ को लोकप्रियतासँगै माग बढेकाले तेस्रो संस्करण प्रकाशन हुन सम्भव भएको  एजुकेश्नल बुक हाउसका भजन राउतले बताए । कथामा स्व. एक्कारामसिंको चित्र रहेको छ । उक्त कृतिको मूल्य २४५ रुपैयाँ रहेको छ । 

साहित्यकार रसिकका ८ बालसाहित्यका कृति र अन्य विधाका १० कृति सहित १८ कृति प्रकाशित छन् । केही महिना भित्रै फरक प्रकाशन गृहबाट लेखक रसिकले बाल उपन्यास बजारमा ल्याउँदैछन्  ।

प्रकाशित मिति : २९ पुस २०८२, मंगलबार  १२ : ४१ बजे

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौं– कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी झापा हल्दिवारी गाउँपालिका-२ घर भएका ३०

रोल्पा घटनाका दोषीलाई कारबाही गर्न वर्षमान पुनको माग

रोल्पा– रोल्पाका सांसद तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता

बालेन पनि अध्यादेशकै बाटोमा जाँदा विपक्षी दलको मोर्चाबन्दी, एकसाथ भने- असंसदीय कदम सच्याइयोस्

काठमाडौं- वालेन्द्र शाह नेतृत्वको शक्तिशाली सरकार पनि संसद् छलेर अध्यादेशतिर

वैदेशिक रोजगारीका नाममा ठगी, तीन जना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु

सरकारलाई घेर्न विपक्षी दलको बैठक, सहभागी भएन हर्कको श्रमसंस्कृति

काठमाडौं- वालेन्द्र शाह नेतृत्वको शक्तिशाली सरकार पनि संसद् छलेर अध्यादेशतिर