प्रधानमन्त्रीले मन्त्री अधिकारीलाई राष्ट्रिय झण्डा ओडाए « Khabarhub

प्रधानमन्त्रीले मन्त्री अधिकारीलाई राष्ट्रिय झण्डा ओडाए


१७ फाल्गुन २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले दिवंगत संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको पार्थीव शरीरमा राष्ट्रिय झण्डा ओडाएर श्रद्धाञ्जली अर्पण गरेका छन् ।

राष्ट्रिय झण्डा ओडाएपछि नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले पार्टीको झण्डा पनि ओढाएर श्रद्धाञ्जली अर्पण गरेका छन् ।

ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा परी ज्यान गुमाएका ७ जनाकै शव अहिले टुँडिखेलमा राखिएको छ । मृतकको पार्थीव शरीरमा श्रद्धाञ्जली अर्पण गर्न राष्ट्रपति विद्या भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली तथा नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड टुँडिखेल पुगेका छन् ।

त्यस्तै मन्त्रिपरिषदका सदस्यहरु, उच्चपदस्थ सरकारी अधिकारी, विभिन्न राजनीतिक दलका नेताकार्यकर्ता तथा सर्वसाधारण टुँडिखेल पुगेका छन् ।

प्रकाशित मिति : १७ फाल्गुन २०७५, शुक्रबार  ९ : ०१ बजे

माछा मार्न गएका एक पुरुष मृत भेटिए

गोरखा– माछा मार्न भनी गएका एक व्यक्ति मृतावस्थामा फेला परेका

यु–१९ एसिया कप : नेपाल अफगानिस्तानसँग पराजित

काठमाडौं– १९ वर्षमुनि (यु–१९) एसिया कप क्रिकेट प्रतियोगितामा नेपाल अफगानिस्तानसँग

आगामी महाधिवेशनमा सभापतिको उम्मेदवार हुनेमा ढुक्क छु : शेखर कोइराला

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले संविधानलाई ट्रयाकमा ल्याउन

मतदान सुस्त भएपछि लाइनमा जानुअघि एमालेका प्रतिनिधिलाई दिन थालियो मतदाता शिक्षा

काठमाडौं- नेकपा (एमाले) को ११औं राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका

बालेनको र्‍याप समावेश फिल्म ‘झरीपछिको इन्द्रेणी’को अग्रिम टिकट बुकिङ खुला

काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर बानेन्द्र शाह ‘बालेन’को र्‍याप गीत