तपाई‌ंका ५ काम, जसले पार्टनरलाई रिस उठाउँछ « Khabarhub

तपाई‌ंका ५ काम, जसले पार्टनरलाई रिस उठाउँछ


९ कार्तिक २०७६, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

प्रेमीप्रेमीका या पतिपत्नी । यी दुवै एकअर्कालाई सहज बनाउन सधै तयार हुन्छन् । तर कतिपय पार्टनर भने स–साना कुरामा ध्यान दिन नसक्दा जीवनशैलीमा नै असर पारिरहेको हुन्छ । कतिपय अवस्थामा तपाईंको बानीले पार्टनरलाई असहज बनाउने तथा चिढ्याउने गर्दछ । अझ कतिपय कुरामा त हामीले ख्याल नगरिँदिदा पार्टनरलाई रिस उठ्ने गर्दछ ।

यस्तै स–साना कुराले कालान्तरमा झगडा तथा मनमुटावसम्मको स्थितिमा पुर्‍याउने गर्छ । यदि तपाईं पनि यस्तै समस्याबाट गुर्जिनुभएको छ भने यी टिप्स काम लाग्न सक्छन्:

ओछ्यानमा चिसो रुमाल राख्नु हुँदैन

प्राय: श्रीमानहरु नुहाइसकेपछि चिसो रुमाल वा तौलिया नसुकाई बेडमा छाड्ने गर्दछन् । श्रीमानको यो बानीले धेरै श्रीमतीहरु आजित हुन्छन् । बेडमा चिसो कपडा राख्दा बेड चिसो हुनुका साथै रुमाल पनि बिस्तारै कालो हुँदै जान्छ । यसले तपाईको श्रीमतीलाई चिढ्याउने गर्दछ ।

विदाका दिन ढिलोसम्म नसुत्नुहोस्

अधिकांश श्रीमानहरू विदाको दिन बिहान अबेरसम्म सुत्ने गर्दछन् । अझ केही त विदाको दिनमा बेडरुममा नै चिया, कफी, खाना, खाजा खान रुचाउँछन् । तर यस्तो कुराले तपाईंको पार्टनरलाई रिस उठाउने गर्दछ । तपाईको पार्टनरको चाहना तपाईको विदाको दिनमा तपाईंसँगै घुम्न जाने हुन्छ ।

भनेको समयभन्दा ढिलो नआउनुहोस्

तपाईको पार्टनर तपाईलाई कहि कुरिरहेका हुन्छन् अनि तपाई तोकिएको समयभन्दा ढिलो पुग्नुभयो भने यस कुराले तपाईंप्रति रिस उठ्छ । तोकिएको समयमा नपुग्दा तपाईको पार्टनरप्रति चाह छैन वा मतलब छैन भन्ने भान पर्न सक्छ । त्यसैले कहीँ कतै भेट्न तोकिएको समयमा नै पुग्नुहोस् ।

आफ्नो सामान आफै खोज्नुहोस्

धेरै पुरुषहरु आफ्नो सामान खोज्दा नभेटिएको भन्दै आफ्नो पार्टनरलाई सामान खोज्न लगाउने गर्दछन् । तर, तपाईं आफैले राखेको सामान कहाँ छ । त्यसबारे आफै जानकार हुन आवश्यक छ । अन्यथा यसले तपाईको सम्झना शक्ति गुम्दै जाने तथा पार्टनरले समेत झिँजो मान्ने हुन्छ ।

घुर्ने वा सुताइमा असर पार्ने

कतिपय श्रीमानहरु सुत्दा घुर्ने वा अप्ठेरो सुतेर पार्टनरलाई समेत असर पार्ने गर्दछन् । हुन त थकान वा अन्य कारणले घुर्ने वा अप्ठेरो सुताइ हुनसक्छ तर तपाईको कारणले पार्टनरलाई असहज पार्नु पक्कै पनि राम्रो हुँदैन । त्यसैले आफूसहित पार्टनरलाई सुत्न सहज बनाउन ध्यान दिनुहोस् ।

प्रकाशित मिति : ९ कार्तिक २०७६, शनिबार  ५ : ३५ बजे

यूएईद्वारा इरान, इराक र लेबनान यात्रामा प्रतिबन्ध, आफ्ना नागरिकलाई तत्काल फर्किन आग्रह

काठमाडौं– संयुक्त अरब इमिरेट्स (यूएई) ले आफ्ना नागरिकका लागि इरान,

सरकारविरोधी प्रदर्शनमा सहभागी इरानका २१ वर्षीय युवकलाई फाँसी

तेहरान- इरानमा एकजना २१ वर्षीय युवकलाई फाँसीमा चढाइएको छ। बीबीसी

रिपोर्ट भन्छ : इरानविरुद्ध अमेरिकी सैन्य कारबाही टुङ्गियो

वासिङ्टन- अमेरिकी डोनाल्ड ट्रम्प प्रशासनले इरानविरुद्ध २८ फेब्रुअरीमा सुरू भएको

बौद्धमा र्‍यालीसहित यसरी मनाइयो बुद्ध जयन्ती (तस्बिरहरू)

काठमाडौं– भगवान् गौतम बुद्धको २५७०औँ जयन्ती शुक्रबार देशभर मनाइँदैछ । शान्तिका

विदेशी नागरिकता लिएका १९ चिकित्सकको लाइसेन्स खारेज

काठमाडौं– नेपाल मेडिकल काउन्सिलले विभिन्न देशको नागरिकता लिएर नेपाली नागरिकता