तपाई‌ंका ५ काम, जसले पार्टनरलाई रिस उठाउँछ | Khabarhub Khabarhub

तपाई‌ंका ५ काम, जसले पार्टनरलाई रिस उठाउँछ


९ कार्तिक २०७६, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

प्रेमीप्रेमीका या पतिपत्नी । यी दुवै एकअर्कालाई सहज बनाउन सधै तयार हुन्छन् । तर कतिपय पार्टनर भने स–साना कुरामा ध्यान दिन नसक्दा जीवनशैलीमा नै असर पारिरहेको हुन्छ । कतिपय अवस्थामा तपाईंको बानीले पार्टनरलाई असहज बनाउने तथा चिढ्याउने गर्दछ । अझ कतिपय कुरामा त हामीले ख्याल नगरिँदिदा पार्टनरलाई रिस उठ्ने गर्दछ ।

यस्तै स–साना कुराले कालान्तरमा झगडा तथा मनमुटावसम्मको स्थितिमा पुर्‍याउने गर्छ । यदि तपाईं पनि यस्तै समस्याबाट गुर्जिनुभएको छ भने यी टिप्स काम लाग्न सक्छन्:

ओछ्यानमा चिसो रुमाल राख्नु हुँदैन

प्राय: श्रीमानहरु नुहाइसकेपछि चिसो रुमाल वा तौलिया नसुकाई बेडमा छाड्ने गर्दछन् । श्रीमानको यो बानीले धेरै श्रीमतीहरु आजित हुन्छन् । बेडमा चिसो कपडा राख्दा बेड चिसो हुनुका साथै रुमाल पनि बिस्तारै कालो हुँदै जान्छ । यसले तपाईको श्रीमतीलाई चिढ्याउने गर्दछ ।

विदाका दिन ढिलोसम्म नसुत्नुहोस्

अधिकांश श्रीमानहरू विदाको दिन बिहान अबेरसम्म सुत्ने गर्दछन् । अझ केही त विदाको दिनमा बेडरुममा नै चिया, कफी, खाना, खाजा खान रुचाउँछन् । तर यस्तो कुराले तपाईंको पार्टनरलाई रिस उठाउने गर्दछ । तपाईको पार्टनरको चाहना तपाईको विदाको दिनमा तपाईंसँगै घुम्न जाने हुन्छ ।

भनेको समयभन्दा ढिलो नआउनुहोस्

तपाईको पार्टनर तपाईलाई कहि कुरिरहेका हुन्छन् अनि तपाई तोकिएको समयभन्दा ढिलो पुग्नुभयो भने यस कुराले तपाईंप्रति रिस उठ्छ । तोकिएको समयमा नपुग्दा तपाईको पार्टनरप्रति चाह छैन वा मतलब छैन भन्ने भान पर्न सक्छ । त्यसैले कहीँ कतै भेट्न तोकिएको समयमा नै पुग्नुहोस् ।

आफ्नो सामान आफै खोज्नुहोस्

धेरै पुरुषहरु आफ्नो सामान खोज्दा नभेटिएको भन्दै आफ्नो पार्टनरलाई सामान खोज्न लगाउने गर्दछन् । तर, तपाईं आफैले राखेको सामान कहाँ छ । त्यसबारे आफै जानकार हुन आवश्यक छ । अन्यथा यसले तपाईको सम्झना शक्ति गुम्दै जाने तथा पार्टनरले समेत झिँजो मान्ने हुन्छ ।

घुर्ने वा सुताइमा असर पार्ने

कतिपय श्रीमानहरु सुत्दा घुर्ने वा अप्ठेरो सुतेर पार्टनरलाई समेत असर पार्ने गर्दछन् । हुन त थकान वा अन्य कारणले घुर्ने वा अप्ठेरो सुताइ हुनसक्छ तर तपाईको कारणले पार्टनरलाई असहज पार्नु पक्कै पनि राम्रो हुँदैन । त्यसैले आफूसहित पार्टनरलाई सुत्न सहज बनाउन ध्यान दिनुहोस् ।

प्रकाशित मिति : ९ कार्तिक २०७६, शनिबार  ५ : ३५ बजे

देउसी भैलोमार्फत् मौलिक संस्कृतिको जगेर्ना गर्दै विद्यार्थी

बागलुङ – बागलुङमा मौलिक संस्कृतिको संरक्षण गर्न मगर विद्यार्थी जुटेका

‘स्कुटर’ दुर्घटना हुँदा दुई जनाको मृत्यु

भरतपुर – चितवनमा सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको

राहुघाटमा दुई जलविद्युत् आयोजना निर्माण

म्याग्दी – म्याग्दीको रघुगङ्गा गाउँपालिका भएर बग्ने राहुघाट नदीमा तुँदी

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा जङ्गल सफारीका लागि रुट कायम

कञ्चनपुर – शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले आन्तरिक तथा बाह्य पर्यटकका लागि

तिहारमा मिठाइ, किसमिस र झिलिमिली बत्तीको व्यापार

धरान – तिहार सुरु भएसँगै धरानका सडकपेटी बत्तीको उज्यालो मात्र