भृकुटीमण्डपबाट सानेपा पुगेका चन्द्र भण्डारी भन्छन् : पार्टी फुट रोक्न सबैलाई मिलाउने कोसिसमा छु « Khabarhub

भृकुटीमण्डपबाट सानेपा पुगेका चन्द्र भण्डारी भन्छन् : पार्टी फुट रोक्न सबैलाई मिलाउने कोसिसमा छु


२९ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


255
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. चन्द्र भण्डारीले पार्टी विभाजन गर्ने कुराबाट आफू टाढा रहेको बताएका छन्। 

विशेष महाधिवेशन पक्षबाट आफू नहटेको बताएका उनी अहिले संस्थापन पक्षले बोलाएको केन्द्रीय कार्यसमिति बैठकमा भाग लिन सानेपा पुगिसकेका छन् । उनले पार्टीलाई जोगाउन सबै पक्षलाई मिलाउन खोजिरहेको उनले बताएका छन्।

कांग्रेस विशेष महाधिवेशन पक्षमा रहेका नेता उनी पछि हटेको चर्चाबीच खबरहबसँगको कुराकानीमा कांग्रेस विभाजनको पक्षमा आफू नरहेको स्पष्ट पारेका हुन् । 

‘विशेष महाधिवेशनलाई सेफ ल्यान्डिङ गरेर अगाडि बढ्नुपर्छ भन्ने मेरो कुरा हो। सबैलाई मिलाउने कुरा भइरहेको छ। विशेष महाधिवेशनको पक्षबाट म हटेको छैन। तर पार्टी विभाजन हुन्छ भने त्यसलाई मेरो स्वीकार्य छैन’, उनले भने, ‘म त पार्टी मिलेर अगाडि बढ्नुपर्छ, सर्वसम्मत हुनुपर्छ भन्ने पक्षमा छु। सहमतिको बिन्दुबारे छलफल गरिरहेका छौँ । विशेष महाधिवेशन पक्षबाट पछि हटेको कुरा विश्वास गर्दिनँ, मिलाउने प्रयत्नमा छु।’

उनीसँगै डा. शेखर कोइरालानिकट नेता सुनील शर्मा पनि विशेष महाधिवेशनस्थलबाट बाहिरिएका छन् । उनले उद्घाटन सभामा सहभागी भएर सभापति शेरबहादुर देउवाबारे आपत्तिजनक मन्तव्य दिएका थिए ।

वरिष्ठ अधिवक्ता सीताराम केसी नेतृत्वको निर्वाचन समितिले मतदाता नामावली सार्वजनिक गरिसकेर उम्मेदवारका लागि मनोनयन पत्र वितरण थालेसँगै दुई नेता त्यहाँबाट बाहिरिएका थिए।

प्रकाशित मिति : २९ पुस २०८२, मंगलबार  ३ : २१ बजे

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक स्थगित, भोलि बिहान ८ बजे बस्ने

काठमाडौं– सानेपामा सुरु भएको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक केही

यो विद्रोह हो : गगन थापा

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले विशेष महाधिवेशन नियमित कार्यक्रम

काठमाडौं महानगरमा लक्षित वर्ग कार्यक्रमका लागि ३३ सङ्घसंस्थाबाट प्रस्ताव

काठमाडौं– काठमाडौँ महानगरपालिकाको सामाजिक विकास विभागले लक्षित वर्गको कार्यक्रम सहयोग

जर्मनीका सवारीसाधन चीनमा लोकप्रिय बन्दै

एजेन्सी– जर्मन कम्पनी ‘भोल्सवागन’ ले सन् २०२५ मा चीनमा दुई

गगन-विश्वको प्रतिवेदन पारित

काठमाडौं- नेपाली कांग्रेसको विशेष महाधिवेशनले महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश