काठमाडौं- नेपाली कांग्रेसको विशेष महाधिवेशनमा तत्काल नेतृत्व नफेर्ने अडानमा संस्थापन उभिँदा वार्ताले मूर्त रूप लिन सकेको छैन । संस्थापन इतर पक्षका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा लगायतका नेताहरू तत्काल नेतृत्व फेरेर निर्वाचनमा जानुपर्ने पक्षमा छन् ।
तर संस्थापन पक्ष शेरबहादुर देउवानिकट नेताहरू भने अहिले नै नेतृत्व परिवर्तन गरिहाल्ने मनसायमा नहुँदा कुरा अड्किएको छ । वार्तामा सहभागी नेताहरूले दिएको सूचनाअनुसार अन्य कुराहरूमा संस्थापन पक्ष लचिलो हुँदा नेतृत्व फेरेर जाने पक्षमा भने लचिलो भएको छैन ।
यता संस्थापन पक्ष देउवानिकट नेताले कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई पूरा जिम्मेवारी दिएर सभापति दिने विषयमा पनि तयार नहुँदा कुरा मिल्न नसकेको हो ।
बैठकमा सहभागी संस्थापन पक्षका नेता भने रातभरमा कुरो मिल्ने दाबी गर्छन् । यसअघि संस्थापन पक्षका नेता श्याम घिमिरेले पनि रातभरिसम्ममा वार्ता सकारात्मक भएर कुरा मिल्ने जानकारी दिएका थिए ।













प्रतिक्रिया