दुईवटा फर्म विभागको कारबाहीमा « Khabarhub

दुईवटा फर्म विभागको कारबाहीमा


३० पुस २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नियमित रूपमा बजारको अनुमगन तथा निरीक्षण गर्दै आएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दुई वटा फर्मलाई नगद जरिवाना गरेको छ ।

अनुमगनको क्रममा कैफियत देखिएपछि विभागले विएस धवलागिरि ट्रेडर्सलाई १० हजार रुपैयाँ र सिन्धु मेटेरियल्स प्रालिलाई १५ हजार रुपैयाँ जरिवाना गरेको हो ।

उपभोक्ता संरक्षण ऐन, २०७५ को विभिन्न दफामा उल्लेख भएका प्रावधान विपरीतका गतिविधि देखिएपछि ती दुई वटा फर्मलाई कारवाहीको दायरामा ल्याइएको विभागले जनाएको छ ।

विभागले कूल १४ वटा फर्ममा अनुमगन गरेको भएपनि अन्य १२ वटालाई भने सुधारात्मक निर्देशन दिएको छ ।

विभागले पछिल्ला दिनमा निर्माणजन्य सामग्री बिक्री गर्ने फर्महरूमा अनुमगन गर्दै आएको छ ।

स्थानीय प्रशासन, उपभोक्ता अधिकारकर्मी तथा अन्य सरोकार भएका निकायको सहभागितामा विभागले नियमित बजार अनुमगन गरिरहेको र कैफियत देखिएकालाई कानुन बमोजिम कारवाही, नगद जरिवाना गरिरहेको उल्लेख गरेको छ ।

प्रकाशित मिति : ३० पुस २०८२, बुधबार  ८ : २३ बजे

मतदान अवधिमा आकस्मिक स्वास्थ्य सेवाका लागि मन्त्रालयले सातै प्रदेशमा तोक्यो सम्पर्क व्यक्ति 

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित

पाँच वर्षे मार्गचित्र सार्वजनिक गर्दै चीनको वार्षिक राजनीतिक अधिवेशन सुरु

बेइजिङ– सुस्त बन्दै गएको अर्थतन्त्र, उच्च युवा बेरोजगारी र बाह्य

निर्वाचनको सम्पूर्ण तयारी पूरा भयो : गृह मन्त्रालय

काठमाडौं– गृह मन्त्रालयले बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी

नेपालको आँखा स्वास्थ्यमा महिलाको पहुँच

काठमाडौं– अन्तरराष्ट्रिय महिलादिवस महिला अधिकार, समानता र सशक्तीकरणको उत्सव मात्र नभई

इओसी नेपालद्वारा देशभर ७०० पर्यवेक्षक परिचालन

काठमाडौं– निर्वाचन पर्यवेक्षण समिति नेपाल (इओसी नेपाल)ले प्रतिनिधिसभा निर्वाचनमा देशभर