कांग्रेसको निर्णायक वार्ता महाराजगञ्जमा : सभापति देउवा र महामन्त्रीद्वयबीच छलफल « Khabarhub

कांग्रेसको निर्णायक वार्ता महाराजगञ्जमा : सभापति देउवा र महामन्त्रीद्वयबीच छलफल


३० पुस २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


864
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कांग्रेसको विवाद समाधानका लागि सभापति शेरबहादुर देउवा निवास महाराजगञ्जमा निर्णायक वार्ता सुरु भएको छ । भृकुटीमण्डपमा विशेष महाधिवेशनको निर्वाचन कार्यक्रम अगाडि बढ्दा देउवाले निर्णायक वार्ताका लागि बैठक गरेका हुन्।

अन्तिम वा निर्णय भनिएको बैठकमा देउवाले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाईसमेत बोलाएका छन्।

बैठकमा संस्थापन पक्षधरका बालकृष्ण खाण र रमेश लेखकसँगै शेखर कोइराला समूहबाट डा. मिनेन्द्र रिजालसहितका नेता छन्।

विशेष महाधिवेशन प्रचारप्रसार उपसमिति संयोजक सुवास पोखरेलले संस्थापनले अन्तिम वार्ताको प्रयास गरिरहेकाले त्यसलाई पनि मध्यनजगर गर्दै कार्यक्रम अगाडि बढाइएको बताए। उनले भने, ‘हाम्रो निर्वाचनको तालिका यथावत् छ। उताबाट वार्ताको प्रयास भइरहेको छ भन्ने आएको छ। हामी त्यसलाई पनि सम्मान गर्छौँ। यदि सहमति नभए हाम्रो कार्यक्रम अगाडि बढ्छ।’

संस्थापन पक्ष विषेश महाधिवेशनको अपनत्व लिन तयार भए पनि सभापति देउवा नेतृत्व छोड्न तयार नभएको उल्लेख गर्दै सो कुरा आफूहरुको लागि स्वीकार्य नरहेको उनले बताए ।

यद्यपि विशेष महाधिवेशन पक्षधरको माग अनुसार प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा कार्यवाहक सभापति पूर्णबहादुर खड्काको नाम र हस्ताक्षर राख्न सभापति देउवा सकारात्मक भएको बुझिएको छ ।

पोखरेलले सभापति देउवाले पार्टी नेतृत्व छोडेर पार्टी र व्यक्तित्वबारे लेखनमा बाँकी जीवन व्याप्त गर्नुपर्नेमा जोड दिँदै अब निर्वाचन प्रक्रियामात्र बाँकी रहेको बताएका छन्।

महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको प्रतिवेदन मंगलबार साँझ पारित भएसँगै बन्द सत्र समापन गरिएको छ। यसैबीच विशेष महाधिवेशनका नेताहरूले पदाधिकारीको खाकासमेत तयार गरिरहेको जनाइएको छ।

बुधबार बिहान वार्ताको ढोका खुला राखिरहँदा निर्वाचनको नयाँ तालिका अनुसार प्रक्रिया पनि अगाडि बढ्ने भएको छ।

प्रकाशित मिति : ३० पुस २०८२, बुधबार  ८ : ५६ बजे

बुटवलको जुत्ता पसलमा आगलागी

बुटवल- बुटवलको एक जुत्ता पसलमा शुक्रबार (फागुन २९) साँझ आगलागी

शुक्रबार झापामा सबैभन्दा बढी वर्षा

काठमाडौं- मौसम बदली कायम रहँदा शुक्रबार पनि देशका विभिन्न जिल्लामा

समानुपातिक सांसदको नाम टुंग्याउन रास्वपाले डाक्यो सचिवालय बैठक

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी सचिवालय बैठक डाकेको

चुनावमा महावीरले बचाए २७ लाख रुपैयाँ

काठमाडौँ- नवनिर्वाचित स्वतन्त्र सांसद महावीर पुनले आफ्नो चुनावी अभियानबाट करिब

प्रधानमन्त्री कार्कीलाई भेटेपछि सुदनले भने : प्रत्येक मिनेट राष्ट्रका लागि महत्त्वपूर्ण छ

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित प्रतिनिधिसभा सदस्य सुदन गुरुङले प्रधानमन्त्री