यात्रुले आपतकालीन ढोका खोल्दा बुद्धको जहाज रोकियो « Khabarhub

यात्रुले आपतकालीन ढोका खोल्दा बुद्धको जहाज रोकियो


३० पुस २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


285
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– यात्रुले जहाजको आपतकालीन ढोका खोल्दिँदा बुद्ध एयरको उडान नै प्रभावित बन्न पुगेको छ । बुधबार भैरहवाबाट काठमाडौंका लागि उडान भर्ने तयारीमा रहेको बुद्ध एयरको उडान नं. ८५२ (जहाज–एन–एएमडी)मा यात्रु सुमन गौतमले अनाधिकृत रूपमा आपत्कालीन ढोका खोलेका कारण उक्त उडान ढिलो भएको हो ।

यात्रु गौतमलाई तत्कालै विमानस्थल सुरक्षाकर्मीको जिम्मा लगाइएको बुद्ध एयरले जनाएको छ । हवाई सुरक्षा मापदण्ड अनुसार, जहाजको विस्तृत प्राविधिक परीक्षणका लागि काठमाडौंबाट प्राविधिक टोली भैरहवा प्रस्थान गरिसकेको र पूर्ण परीक्षण र सुरक्षा सुनिश्चित भएपछि मात्र जहाजले उडान भर्ने जनाइएको छ ।

नागरिक उड्डयन प्राधिकरणको नियम अनुसार विमानको आपत्कालीन ढोका बिना कारण खोल्नु गम्भीर कानुनी अपराध हो ।

प्रकाशित मिति : ३० पुस २०८२, बुधबार  ११ : ४८ बजे

पछिल्लो २४ घण्टामा विपद्का २६ घटना, एक जनाको मृत्यु, ८ घाइते 

काठमाडौं– देशभर पछिल्लो २४ घण्टामा आगलागी, चट्याङ, पहिरो, सर्पदंश तथा

दश महिनामा पाँच लाख ७३ हजार बढी पर्यटक मुस्ताङ भित्रिए

मुस्ताङ– चालु आर्थिक वर्ष २०८२-८३ को दश महिनामा पाँच लाख

डाबरको मह न्यून गुणस्तरको भेटिएपछि बजारबाट तत्काल फिर्ता गर्न विभागको निर्देशन 

काठमाडौं– खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले डाबर नेपाल प्रालिद्वारा

बबई नदीको पानी लिफ्टिङ गरी तुलसीपुरमा ल्याउन छ महिना लाग्ने

दाङ– तुलसीपुर नगरवासीलाई सफा, शुद्ध पानी सहज तरिकाले वितरण गर्ने

स्थापना भएको तीन दशकपछि बन्यो प्रहरी चौकी

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–४, राक्सेमा प्रहरी चौकी स्थापना भएको तीन