अवरुद्ध बेनी-जोमसोम सडक एकतर्फी सञ्चालनमा « Khabarhub

अवरुद्ध बेनी-जोमसोम सडक एकतर्फी सञ्चालनमा


६ भाद्र २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुस्ताङ- शुक्रबार रातिदेखि परेको वर्षासँगै लेदोसहितको पहिरो खसेर अवरुद्ध बनेको बेनी–जोमसोम सडकअन्तर्गत म्याग्दी–सिरुवारी खण्ड र सुकेबगर क्षेत्रमा यातायात सञ्चालनमा आएको छ।

वर्षासँगै लेदो र पहिरो खसेपछि सडक अवरुद्ध बनेको थियो। कालिगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम–कोरला सडक आयोजना कार्यालयको पहलमा पहिरो पन्छाएर आज बिहानदेखि सडक एकतर्फी रूपमा सञ्चालनमा ल्याइएको हो।

आयोजना प्रमुख तेजस्वी शर्माले करिब दुई घण्टाअघि पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याइएको जानकारी दिए। उनका अनुसार अहिले सडकमा आवागमन गर्न कुनै समस्या छैन।

विभिन्न सञ्चारमाध्यममा अझै पनि बेनी–जोमसोम सडक अवरुद्ध रहेको समाचार प्रकाशित भइरहेको भन्दै शर्माले त्यस्ता भ्रामक सूचनामा विश्वास नगर्न यात्रुहरूलाई आग्रह गरे।

वर्षाका कारण पहाडी तथा हिमाली क्षेत्रमा पहिरोको जोखिम कायमै रहेकाले यात्रुहरूलाई यात्रा गर्दा सावधानी अपनाउन पनि सडक आयोजनाले आग्रह गरेको छ।

प्रकाशित मिति : ६ भाद्र २०८३, शनिबार  १२ : ४२ बजे

बंगलादेशका युवा खेलाडी अरिफुल इस्लाम कर्णाली याक्समा अनुबन्धित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणका लागि कर्णाली

दाङका १६१ खाद्य व्यवसायमा अनुगमन

दाङ – खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, तुलसीपुर

चितवनमा ३ हजार ३६२ मतदाताको नाम मतदाता नामावलीबाट हटाइयो

नारायणगढ – जिल्ला निर्वाचन कार्यालय, चितवनले मतदाता नामावली अद्यावधिक गर्ने

भारतमा विरोध प्रदर्शनमा थुनिएका व्यक्तिहरूलाई रिहा गर्न ‘यूएनएचसीआर’ को आग्रह

काठमाडौं – संयुक्त राष्ट्रसङ्घको मानव अधिकार उच्चायुक्तको कार्यालय (यूएनएचसीआर) ले

हुथी आक्रमणपछि रियाद विमानस्थल खाली गराइयो

रियाद – यमनका हुथीहरूले शनिबार रियादको अन्तर्राष्ट्रिय विमानस्थलमा क्षेप्यास्त्र प्रहार