भोलिदेखि ‘दोस्रो प्रादेशिक मह महोत्सव’ हुँदै « Khabarhub

भोलिदेखि ‘दोस्रो प्रादेशिक मह महोत्सव’ हुँदै


३० पुस २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

कर्णाली– सुर्खेत वीरेन्द्रनगरमा ‘दोस्रो प्रादेशिक मह महोत्सव’ भोलिदेखि सुरु हुने भएको छ । नेपाल मौरीपालक महासङ्घ कर्णाली प्रदेशले यही माघ १–३ गतेसम्म महोत्सव आयोजनाको तयारी गरेको हो ।

चौथो राष्ट्रिय कृषि जैविक विविधता दिवस–२०८२ का अवसरमा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय कर्णाली प्रदेश, कृषि विकास निर्देशनालय सुर्खेत, वीरेन्द्रनगर नगरपालिका र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विकास साझेदार संस्थाहरूको समन्वयमा महोत्सव आयोजनाको तयारी गरिएको महासङ्घका अध्यक्ष लीलाराम ढकालले जानकारी दिए । उनका अनुसार महोत्सवमा ३० मह र २० जैविक विविधतासँग सम्बन्धित अन्नबाली, वास्तु तथा सामग्री र खाद्य परिकारका स्टल राखिनेछ ।

मुलतः जैविक विविधताको संरक्षण गर्दै कर्णालीका मौरीपालक किसानलाई प्रोत्साहित, व्यवसाय प्रवर्द्धन, मह उत्पादनमा वृद्धि, बजारीकरण र प्रचारप्रसारलाई व्यापक बनाउने उद्देश्यले दोस्रो मह महोत्सव सञ्चालन गर्न लागिएको अध्यक्ष ढकालले बताए ।

उनले भने, ‘गत आव २०८१–८२ मा सम्पन्न भएको तीनदिने प्रथम प्रादेशिक मह महोत्सवमा छ क्विन्टल ४८ केजी मह बिक्री भयो । यसबाट मह किसानले करिब १० लाख आम्दानी गरेका थिए ।’

अन्य प्रदेशभन्दा कर्णालीको महको छुट्टै पहिचान भएको बताउँदै उनले कर्णालीमा एक सय ७१ जना मौरीपालक किसान रहेको बताए ।

प्रदेश सरकारले कर्णालीलाई अर्गानिक प्रदेश निर्माण गर्ने अभियानबाट विषादी प्रयोगमा न्यूनीकरण भएको र यसबाट मौरीपालनमा सहयोग पुगेकाले पछिल्लो समयमा यो व्यवसायमा आकर्षण बढेको उनको भनाइ थियो ।

कृषि विकास निर्देशनालय सुर्खेतका निर्देशक चित्रबहादुर रोकायले कर्णाली मौरी र प्रजातिका हिसाबले बढी पाइने प्रदेशका साथै उत्पादित मह औषधीय गुणयुक्त छ भन्ने सन्देश महोत्सवले दिने बताए ।

निर्देशक रोकायका अनुसार जैविक विविधता तथा पारिस्थितिकीय प्रणाली कायम राख्न र मौरीको भूमिका रैथाने अन्नबालीको उपयोगलाई व्यापक गर्न महोत्सवले विशेष महत्व राख्नेछ ।

प्रकाशित मिति : ३० पुस २०८२, बुधबार  १२ : २२ बजे

सिद्धपोखरी मर्मतमा स्थानीयको सहभागिता (तस्बिरहरू)

भक्तपुर– भक्तपुर नगरपालिकाले आफ्नो दीर्घकालीन ‘सम्पदा जोगाउने’ नीति अन्तर्गत ऐतिहासिक

बदनाम गर्न मविरुद्ध संगठित रूपमै अफवाह फैलाइयो : अर्थमन्त्री वाग्ले

काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आफूविरुद्ध संगठित रूपमा अफवाह

एसीसी महिला प्रिमियर कपमा थाइल्यान्डले नेपाललाई दियो १३१ रनको चुनौती

काठमाडौँ – मलेसियामा जारी एसीसी महिला प्रिमियर कपमा थाइल्यान्डले नेपाललाई

सुकुम्वासीको नयाँ सङ्कट: आश्रयस्थलमा बढ्दै लागुऔषध दुर्व्यसनी

काठमाडौँ – थापाथलीस्थित बागमती नदी किनारबाट विस्थापित भई कीर्तिपुरको राधास्वामीस्थित

वसन्त ऋतुको हिमाल आरोहण सकियो, एक अर्ब २६ करोड राजस्व सङ्कलन

काठमाडौँ– सन् २०२६ को वसन्त ऋतुमा विश्वको सर्वोच्च शिखर सगरमाथासहित