राष्ट्रिय लिग फुटबल आजदेखि, उद्घाटन खेलमा काँक्रेविहार र फ्रेन्ड्स क्लबबीच प्रतिस्पर्धा « Khabarhub

राष्ट्रिय लिग फुटबल आजदेखि, उद्घाटन खेलमा काँक्रेविहार र फ्रेन्ड्स क्लबबीच प्रतिस्पर्धा


३० पुस २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय लिग फुटबल प्रतियोगिता आजबाट सुरु हुँदैछ । अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा जारी प्रतियोगिताको उद्घाटन खेलमा काँक्रेविहार यूथ क्लब र फ्रेन्ड्स क्लबबीच प्रतिस्पर्धा हुँदैछ । खेल एन्फा कम्प्लेक्स, सातदोबाटो ललितपुरमा हुनेछ ।

यस्तै, आजै दिउँसो ३ बजे हुने दोस्रो खेलमा भगवती क्लब र चर्च ब्वाइज युनाइटेड क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

राष्ट्रिय लिगमा ए डिभिजनका १३ र एन्फा प्रेसिडेन्ट लिगका चार गरी १७ टोली सहभागी छन् । राष्ट्रिय लिगमा ए–डिभिजन क्लबहरु चर्च ब्वाइज युनाइटेड, मच्छिन्द्र क्लब, पुलिस क्लब, जावलाखेल युथ क्लब, सातदोबाटो युथ, एनआरटी, त्रिभुवन आर्मी क्लब, मनाङ मस्र्याङ्दी क्लब, सङ्कटा क्लब, फ्रेन्ड्स क्लब, एपिएफ क्लब, प्लानिङ ब्वाइज युनाइटेड र श्री भगवती क्लब सहभागी छन् ।

त्यस्तै एन्फा प्रेसिडेन्ट कपबाट छनोट भएका लालीगुराँस एशोसियनस, चित्लाङ क्लब, नव जनजागृति क्लब र काक्रेविहार स्पोट्र्स क्लब सहभागी छन् ।

सिंगल राउन्ड रोबिनका आधारमा सञ्चालन हुने लिगमा कूल १ सय ३६ खेल हुनेछन् ।

प्रकाशित मिति : ३० पुस २०८२, बुधबार  ९ : ०७ बजे

डिस्चार्जपछि सञ्जयले भने, ‘भगवानको आशीवार्द र कृपाले फेरि पनि यस्तो दिन हेर्न पाएँ’

काठमाडौं– रसुवा बाढीपछि १० दिनसम्म त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङमा

खाली सिलिन्डर र थाल-कचौरा बोकेर आयग निगमको मुख्यालय घेराउ (तस्बिरहरू)

काठमाडौं– खाना पकाउने ग्यासको अभाव चर्किएपछि विद्यार्थी संगठनहरूले शुक्रबार नेपाल

मोती पुरस्कारबाट युवा साहित्यकार चौधरी सम्मानित

काठमाडौँ- युवा साहित्यकार इन्द्रबहादुर चौधरीलाई ‘युवा वर्ष मोती पुरस्कार, २०८२’

इरान–साउदीबीच क्षेत्रीय असुरक्षाबारे छलफल

रियाद- यमनमा पुनः युद्ध चर्किएसँगै इरान र साउदी अरबका शीर्ष