सहमति नजुटेपछि सानेपाबाट गगन-विश्वमाथि कारबाही गर्दै कांग्रेस संस्थापन « Khabarhub

सहमति नजुटेपछि सानेपाबाट गगन-विश्वमाथि कारबाही गर्दै कांग्रेस संस्थापन


३० पुस २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


480
Shares
  • change font
  • change font
  • change font

काठमाडौं : बुधबार बिहान ८ बजेका लागि नेपाली कांग्रेस संस्थापन पक्षले बोलाएको केन्द्रीय कार्यसमिति बैठक केही बेरमा बस्दैछ ।

बिहान ८ बजे बस्ने गरी बोलाइएको केन्द्रीय कार्यसमिति बैठक दिउँसो बस्न लागेको हो । यो बैठकले दोस्रो विशेष महाधिवेशन आयोजक महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मासहितलाई कारबाहीको तयारी गरेको छ ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य गुरू बरालले केही बेरमा केन्द्रीय कार्यसमिति बैठक बसेर विशेष महाधिवेशन पक्षधरलाई कारबाहीको तयारी गरेको बताएका छन् ।

बरालका अनुसार महामन्त्रीद्वयले सभापति देउवा नेतृत्व छोड्नुपर्ने र आगामी फागुन २१ गतेको चुनाव पनि नलडी आराम गर्नुपर्ने भनेर राखेको शर्तमा कुरा मिलेन । अरू सबै विषयमा सहमति जुट्ने अवस्था देखिए पनि देउवाले नेतृत्व नछाड्ने अड्डी कसेपछि कांग्रेस इतिहासमै तेस्रो पटक फुटतर्फ अग्रसर भएको हो ।

तर बरालका अनुसार देउवाले कांग्रेस नेतृत्व छाडे पनि आगामी संसदीय चुनाव लड्न दिनुपर्ने बताएका थिए । तर महामन्त्रीद्वयले चुनाव पनि लड्न नपाउने अडान राखेपछि कुरा मिल्न नसकेको उनले बताएका छन् ।

‘उहाँहरूले चुनाव पनि लड्नै नपाउने अडान राख्नु भयो । सभापतिले नेतृत्व छाड्छु तर चुनाव लड्छु भन्दा पनि मान्नु भएन’, बरालले भने, ‘हरसम्भव प्रयास गरियो तर सकिएन । अब सानेपामा केन्द्रीय कार्यसमिति बैठक बसेर कारबाहीको तयारी भएको छ।’

बुधबार बिहान महाराजगञ्जमा सभापति देउवा तथा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माबीचको वार्तामा सहमति नजुटेसँगै कांग्रेस फुटतर्फ अग्रसर भएको छ।

मंगलबार पनि दिउँसो हिजो १ बजे बोलाइएको केन्द्रीय कार्यसमिति बैठक बेलुकी साढे ७ बजे सुरु भएलगत्तै स्थगित भएको थियो।

यता भृकुटीमण्डपस्थित विशेष महाधिवेशनस्थलमा मनोनयन दर्ता सकिएको छ। सभापतिदेखि केन्द्रीय कार्यसमिति सदस्यका उम्मेदवारसम्मले मनोनयन दिइसकेका छन् । अब त्यहाँ निर्वाचन प्रक्रिया अघि बढिसकेको छ।

प्रकाशित मिति : ३० पुस २०८२, बुधबार  १२ : ५५ बजे

सिटबेल्ट नलाउने गृहमन्त्री र प्रधानमन्त्रीलाई कारबाही किन हुँदैन : शाही 

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता ज्ञानबहादुर शाहीले ट्राफिक

यू-१९ महिला प्रिमियर कप: हङकङलाई १८१ रनले हराउँदै नेपाल समूह विजेता

काठमाडौँ – एसीसी यू–१९ महिला प्रिमियर कपमा नेपालले लगातार तेस्रो

चुमनुब्री गाउँपालिकाको राजस्व दुई करोड

गोरखा– उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकाले आन्तरिक राजस्व सङ्कलनमा उल्लेखनीय फड्को

संसद्‍मा उठ्यो त्रासदीपूर्ण पार्किङको विषय : एक लाख जरिवाना गर्न माग

काठमाडौं– सोमबार विभिन्न सञ्चारमाध्यम र सार्वजनिक स्थानमा गरिएको सरकार संरक्षित

सालझण्डी–ढोरपाटन सडकको बुर्तिबाङ–फल्लेघर खण्ड ग्राभेल

बागलुङ– राष्ट्रिय प्राथमिकताको आयोजना सालझण्डी–ढोरपाटन सडकअन्तर्गत बागलुङको बुर्तिबाङ–फल्लेघर खण्डमा २२