जनताको भावनाअनुसार सरकार सञ्चालन हुनुपर्छः पूर्वप्रधानमन्त्री नेपाल « Khabarhub

जनताको भावनाअनुसार सरकार सञ्चालन हुनुपर्छः पूर्वप्रधानमन्त्री नेपाल


९ कार्तिक २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर- नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले जनताको गुनासो र भावनाअनुसार सरकार सञ्चालन हुनुपर्ने बताएका छन् ।

विराटनगर विमानस्थलमा शनिरबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले सरकारले जनताको मन जितेर, कमी कमजोरी सुधार गर्दै अगाडि बढ्नुपर्ने आवश्यकतामाथि जोड दिए ।

वरिष्ठ नेता नेपालले नेपाली जनता आफ्नो समस्या समाधान गर्न सक्षम रहेको उल्लेख गर्दै स्वाभिमानी नेपाली जनताले कोही कसैको हस्तक्षेप स्वीकार्य गर्दैनन् भने ।

नेकपा पार्टीमा नेकपाको विचारधारा लागू भएको बताउँदै उनले पार्टीमा कोही कसैको विचारधारा थोपारेको सम्बन्धमा कसैलाई भ्रम नरहोस् भनी स्पष्ट पारे ।

एक प्रश्नको जवाफमा रौतहट हत्या काण्ड कानूनी प्रक्रियामा गइसकेकाले कसैले हस्तक्षेप गर्नु हुँदैन भन्दै विगतमा नेपाली कांग्रेसको सिफारिसमा आफूले मोहम्मद अफताव आलमलाई मन्त्रिमण्डलमा समावेश गरेको हो भने ।

वरिष्ठ नेता नेपालले द्वन्द्वकालमा घटेका घटना छिटो छिनोफानो हुनुपर्नेमा जोड दिँदै सत्य निरुपण टुग्ङ्याउन आफ्नो सहयोग सदैव रहने बताए ।

प्रकाशित मिति : ९ कार्तिक २०७६, शनिबार  ८ : ४५ बजे

महाधिवेशन स्थगित गरेर देउवासहित अग्रजसँग संवाद गर्न गगनलाई पूर्णबहादुरको आग्रह

काठमाडौं– नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले पार्टी सभापति गगन थापालाई

बराहक्षेत्रको धार्मिक पर्यटन प्रवर्द्धनमा पूर्वाधार निर्माण प्रदेश सरकारको प्राथमिकतामा

सुनसरी– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बराहक्षेत्रको धार्मिक तथा पर्यटन

अख्तियारको वार्षिक प्रतिवेदन : ९९० प्रतिवादीविरुद्ध बिगोसहित मुद्दा दर्ता

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०८२-८३ मा विभिन्न

परिपक्व र सबल लोकतन्त्रका लागि संविधान संशोधन हुनुपर्छ : अध्यक्ष दाहाल

काठमाडौं– राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले विगतका उपलब्धिबाट पछाडि फर्किने नभई