एस्टन भिल्लामाथि म्यान्चेस्टर सिटीको सहज जीत | Khabarhub Khabarhub

एस्टन भिल्लामाथि म्यान्चेस्टर सिटीको सहज जीत


९ कार्तिक २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- इंग्लिस प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर सिटीले एस्टन भिल्लालाई हराएको छ ।

शनिबार भएको खेलमा सिटीले घरेलु मैदानमा एस्टन भिल्लालाई ३–० ले हराएको हो । सिटीले जीतसँगै शीर्ष स्थानको लिभरपुलमाथि दबाब बढाएको छ ।

उसले लिभरपुलसँगको दुरी ३ अंकमा झारेको छ । सिटीको जीतमा रहिम स्टर्लिङ, केभिन डी ब्रुईन, गुन्डोगनले समान एक एक गोल गरे ।

तीनै गोल दोस्रो हाफमा सम्भव भएको थियो । दोस्रो हाफको पहिलो मिनेटमै स्टर्लिङले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए ।

६५ औ मिनेटमा ब्रुईनले सिटीको अग्रता दोब्बर पारे । गुन्डोगनले ७० औ मिनेटमा गोल गर्दै सिटीलाई ३–० को स्थितीमा पुर्याएका थिए ।

खेल सकिन तीन मिनेट अगाडी फर्नान्डिन्हो रातो कार्ड खादै मैदान बाहिरिएपछि सिटी १० खेलाडीमा सिमित बनेको थियो ।

सिटीले १० खेलबाट २२ अंक जोड्यो । शीर्ष स्थानको लिभरपुलको २५ अंक छ । एस्टन भिल्ला ११ अंक सहित १३ औ स्थानमा छ ।

प्रकाशित मिति : ९ कार्तिक २०७६, शनिबार  ९ : ०२ बजे

माधव नेपाललाई रामकुमारीले भनिन् : आफ्नै बेइज्जती हुने कारबाही त नगरेको भए पनि हुने

काठमाडौं- चार वर्ष लामो यात्रापछि नेकपा (एकीकृत समाजवादी) छाडेर नेकपा

चितवन धान उत्पादन बढ्यो

चितवन– जिल्लामा यस वर्ष धान उत्पादन वृद्धि भएको छ ।

चितवनमा रास्वपाको विस्तारित बैठक सुरु

काठमाडौं–  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको विस्तारित बैठक चितवनमा

जर्मनीका राजदुतले भेटे स्वास्थ्यमन्त्री : जेनेरिक औषधिको गुणस्तरीय उत्पादनबारे छलफल  

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्री डा.सुधा शर्मा गौतम र नेपालका

तोलामा ६ सय रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं–  स्थानीय बजारमा शुक्रबार सुनको मूल्य केही बढेको छ ।