गगन–विश्व कारवाहीपछि महेश बस्नेतको टिप्पणी- ‘लासहरूको पार्टी हैन भन्नेले कांग्रेसलाई खरानी बनाए’ « Khabarhub

गगन–विश्व कारवाहीपछि महेश बस्नेतको टिप्पणी- ‘लासहरूको पार्टी हैन भन्नेले कांग्रेसलाई खरानी बनाए’


३० पुस २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


411
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेका नेता महेश बस्नेतले नेपाली कांग्रेसभित्र देखिएको पछिल्लो घटनाक्रमप्रति कडा टिप्पणी गरेका छन् । 

कांग्रेस विशेष महाधिवेशनको बन्दसत्रमा महामन्त्री गगन थापाले ‘कांग्रेस लासहरूको पार्टी होइन’ भन्ने अभिव्यक्ति दिएपछि बस्नेतले त्यसको प्रतिवाद गरेका हुन् ।

सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै बस्नेतले ‘लासहरूको पार्टी होइन कांग्रेस’ भन्दै उफ्रिने नेताहरूले नै ऐतिहासिक लोकतान्त्रिक पार्टीलाई खरानी बनाएको आरोप लगाएका छन् । 

कांग्रेस संस्थापन पक्षले गगन थापा र विश्वप्रकाश शर्मामाथि पाँच वर्षका लागि कारबाही गरेपछि उनले पुनः टिप्पणी गर्दै कांग्रेसको विभाजनलाई दुखद र चिन्ताजनक भनेका छन् ।

उनले वर्तमान अवस्थामा लोकतन्त्र कमजोर बन्दै गएको, देश राजनीतिक अस्थिरता र अनिश्चितताबाट गुज्रिरहेको उल्लेख गर्दै यस्तो संवेदनशील समयमा लोकतान्त्रिक शक्तिहरू एकताबद्ध हुनुपर्ने धारणा राखेका छन् । तर केही नेताहरूको अभिव्यक्तिले कांग्रेसलाई विभाजनतर्फ धकेलेको उनको तर्क छ ।

बस्नेतले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आलोचना र आरोप खेपेर पनि पार्टीलाई एकताबद्ध राख्न खेलेको भूमिकालाई अतुलनीय र प्रशंसनीय बताएका छन् । बलियो नेतृत्व, स्पष्ट अभिभावकत्व र पार्टीप्रतिको जिम्मेवारीको अभावका कारण कांग्रेस विभाजनको दिशामा गएको यथार्थलाई नजरअन्दाज गर्न नसकिने उनको भनाइ छ ।

लोकतन्त्र धरापमा पर्दै गएको, असंवैधानिक अभ्यासहरू बढ्दै गएको र विदेशी चलखेलले देशको अस्तित्वसमेत संकटमा परेको अवस्थामा गगन थापा र विश्वप्रकाश शर्माजस्ता नेताहरूको भूमिकाले समस्या समाधान गर्छ कि झन् जटिल बनाउँछ भन्ने विषय इतिहासले समीक्षा गर्ने बस्नेतको टिप्पणी छ ।

उनले कांग्रेसभित्र भएको यो अप्रत्याशित घटनालाई लोकतन्त्रप्रेमी सबैका लागि पीडादायक भएको निष्कर्ष निकालेका छन् ।

प्रकाशित मिति : ३० पुस २०८२, बुधबार  ५ : १६ बजे

स्थापना भएको तीन दशकपछि बन्यो प्रहरी चौकी

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–४, राक्सेमा प्रहरी चौकी स्थापना भएको तीन

कक्षा ११ को पठनपाठन असार १ गतेदेखि सुरु गर्ने शिक्षा मन्त्रालयको निर्णय  

काठमडौं– शिक्षा तथा खेलकुद मन्त्रालयले आगामी असार १ गतेबाट कक्षा

केपी खनाल भन्छन्- हुम्ला र बाजुराको सीमा विवाद तत्काल समाधान गरौँ

काठमाडौं– रास्वपाका सांसद केपी खनालले हुम्ला र बाजुरा जिल्लाको सीमा

मौसम विभागले भन्यो- यसवर्ष सरदरभन्दा कम वर्षा हुने भएपनि बाढी जोखिम कायमै

काठमाडौं– जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसुन अवधिमा

स्वस्थ्यमन्त्री मेहता र चिनियाँ स्वास्थ्यमन्त्री हाइचाओबीच जेनेभामा भेट, सहकार्यका विषयमा छलफल 

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता र चिनियाँ