विशेष महाधिवेशनमा नारा, ‘सानेपा खाली गर, गगन-विश्व आउँदैछन्’ « Khabarhub

विशेष महाधिवेशनमा नारा, ‘सानेपा खाली गर, गगन-विश्व आउँदैछन्’


३० पुस २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


201
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेस संस्थापन पक्षको केन्द्रीय कार्य समिति बैठकले महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्मा र सह-महामन्त्री फरमुल्लाह मनसुरलाई साधारण सदस्यबाटै निकालेको छ ।

उनीहरूलाई ५ वर्षका लागि निष्कासनसहित कारबाही गरेपछि विशेष महाधिवेशन पक्षधर आक्रोशित भएका छन् ।

काठमाडौंको भृकुटीमण्डपमा चार दिनदेखि जारी विशेष महाधिवेशनस्थल बुधबार नाराबाजीले गुञ्जिएको छ।

भृकुटीमण्डपमा विशेष महाधिवेशनका प्रतिनिधिहरूले सानेपास्थित पार्टी केन्द्रीय कार्यालय खाली गर्न भन्दै नाराबाजी गरेका छन्।

उनीहरूले संस्थापन पक्षलाई कडा चुनौती दिँदै ‘गगन-विश्व आउँदैछन् सानेपा खाली गर,’ भन्दै चर्को नाराबाजी गरे ।

सभापति शेरबहादुर देउवाले महामन्त्रीद्वयलाई कारबाही गरेको पत्र निर्वाचन आयोगमा बुधबार नै पठाइसकेका छन् ।

विशेष महाधिवेशन पक्षधरले देउवा नेतृत्वको केन्द्रीय कार्यसमिति नै भंग गरिसकेकाले कारबाहीको औचित्य नरहेको जनाएको छ। विशेष महाधिवेशनबारे मंगलबार नै निर्वाचन आयोगमा जानकारी गराइएको छ।

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : ३० पुस २०८२, बुधबार  ६ : २६ बजे

प्रतिनिधिसभा नियमावलीका दुई व्यवस्था कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं – सर्वोच्च अदालतले ‘प्रतिनिधिसभा नियमावली, २०८३’ का दुई नियम

मक्कातर्फ ड्रोन प्रहार गरेको साउदीको आरोप, हुथीद्वारा अस्वीकार

कायरो – साउदी अरबले यमनका इरान–समर्थित हुथी विद्रोहीले इस्लामको सबैभन्दा

अर्थमन्त्री डा वाग्ले तीन दिने भारत भ्रमणमा जाँदै

काठमाडौं – अर्थमन्त्री डा स्वर्णिम वाग्ले भारत सरकारको निमन्त्रणामा तीनदिने

एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ

काठमाडौं – अवैध हुन्डी कारोबारमा सङ्लग्न भएको आरोपमा प्रहरीले एक

बाढीप्रभावितका लागि त्रिभुवन विश्वविद्यालयको नौ करोड २५ लाख सहयोग

काठमाडौं – त्रिभुवन विश्वविद्यालयले भोटेकोशी नदीमा गएको विनाशकारी बाढीबाट प्रभावित