इंग्लिस प्रिमियर लिग फुटबलः ब्राइटनसँग हार्‍यो एभर्टन | Khabarhub Khabarhub

इंग्लिस प्रिमियर लिग फुटबलः ब्राइटनसँग हार्‍यो एभर्टन


१० कार्तिक २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- इंग्लिस प्रिमियर लिग फुटबलमा ब्राइटनले एभर्टनलाई पराजित गरेको छ । शनिबार राति भएको खेलमा ब्राइटनले एभर्टनलाई ३-२ गोल अन्तरले पराजित गरेको हो ।

घरेलु मैदानमा खेलको इन्जुरी समयमा एभर्टनका लुकास डिग्नेले आत्मघाती गोल गरेपछि ब्राइटनले ३-२ को जित निकालेको हो ।

त्यसअघि खेलको १५ औं मिनेटमा पास्कल ग्रोसले गोल गर्दै ब्राइटनलाई अग्रता दिलाएका थिए । तर, खेलको २० औं मिनेटमा आडम वेब्सटरले आत्मघाती गोल गरेपछि एभर्टन खेलमा फर्किएको थियो ।

पहिलो हाफ १-१ गोलको बराबरीमा सकिएको खेलको ७४ औं मिनेटमा डोमिनिक कल्भर्ट लेविनले गोल गर्दै एभर्टनलाई २-१ को अग्रता दिलाए । तर, ८० औं मिनेटमा नेअल मौपभले गोल गर्दै घरेलु टोलीलाई २-२ गोलको बराबरीमा ल्याएका थिए ।

जितसँगै ब्राइटनले १० खेलबाट १२ अंक जोडेको छ । ब्राइटन लिगको १२ औं स्थानमा रहेको छ । १० खेलमा १० अंक जोडेर एभर्टन १६ औं स्थानमा रहेको छ ।

लिग अन्तर्गत नै वेष्ट ह्यामले सेफिल्ड युनाइटेडसँग १-१ गोलको बराबरी खेलेको छ । अर्को खेलमा वाट्फोर्डले एफसी बर्नेमाउथसँग गोलरहित बराबरी खेल्दै अंक बाडेको छ ।

प्रकाशित मिति : १० कार्तिक २०७६, आइतबार  ६ : ३६ बजे

पूर्वप्रधानमन्त्रीद्धय दाहाल र खनालबीच भेटवार्ता

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र पूर्वप्रधानमन्त्री

हङकङ सुपर सिक्सेसको पहिलो खेलमा नेपाल १७ रनले पराजित

काठमाडौं – हङकङ सुपर सिक्सेस क्रिकेट प्रतियोगिताको पहिलो खेलमा नेपाल

पोखरामा बन्यो भैरव मन्दिर

गण्डकी– काठमाडौँ उपत्यकाको प्राचीन नेवारी सभ्यता र संस्कृति झल्काउने भैरव

हङकङ सुपर सिक्सेस : सन्दीप जोराको अर्धशतक

काठमाडौं – हङकङ सुपर सिक्सेस क्रिकेट प्रतियोगितामा नेपालका सन्दीप जोराले

कोरला भन्सारबाट तीन अर्ब बढी राजस्व असुली

मुस्ताङ– कोरलास्थित भन्सार कार्यालयले चालु आर्थिक वर्षको प्रथम तीन महिनामा