रोमाञ्चक खेलमा चेल्सीविरुद्ध आर्सनको जित « Khabarhub

रोमाञ्चक खेलमा चेल्सीविरुद्ध आर्सनको जित


१ माघ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कारबाओ कप सेमिफाइनलको पहिलो लेगमा आर्सनल विजयी भएको छ। रोमाञ्चक बनेको खेलमा आर्सनलले चेल्सीलाई ३-२ गोल अन्तरले हराएको हो।

घरेलु मैदान स्टमफोर्ड ब्रिजमा चेल्सीका लागि गोलकिपर रोबर्ड सान्चेजको एउटा गल्ती महंगो सावित भयो। खेलको सातौं मिनेटमा आर्सनलले खेलमा अग्रता लिएको थियो। उसका लागि बेन ह्वाइटले पहिलो हेड गोल गरेका हुन्।

दोस्रो हाफको सुरुवातमै आर्सनलका लागि भिक्टर ग्योकेरेसले दोस्रो गोल गर्दै अग्रता दोब्बर बनाए। टिम २–० ले पछाडि परेको अवस्थामा चेल्सीका अलेन्ड्रो गर्नाचो मैदान प्रवेश गरेका थिए। वैकल्पिक खेलाडीका रुपमा मैदान छिरेका गर्नाचोले दुई गोल गर्दै चेल्सीको खेलमा उत्कृष्ट प्रदर्शन गरे। उनले खेलको ५७ औंँ र ८३ औँ मिनेटमा गोल गरेका हुन्।

आर्सनलका लागि खेलको ७१ औं मिनेटमा मार्टिन जुविमेन्डीले गोल गरे। आर्सनल प्रतियोगिताका पछिल्ला १० खेलमा अपराजित छ। चेल्सीले भने १३ खेलमा तीन जित मात्र हात पारेको छ। दोस्रो लेग फेब्रुअरी ३ मा आर्सनलको मैदानमा हुनेछ।

प्रकाशित मिति : १ माघ २०८२, बिहीबार  ६ : ५४ बजे

अविरल वर्षा र बाढीपहिरोले कर्णालीका दुई राजमार्ग पूर्ण रूपमा अवरुद्ध

काठमाडौं – अविरल वर्षासँगै देशका विभिन्न क्षेत्रमा बाढी तथा पहिरोका

काठमाडौंसहित विभिन्न क्षेत्रमा मुसलधारे वर्षा

काठमाडौं – मनसुनी प्रणाली सक्रिय हुँदा आज काठमाडौँलगायत विभिन्न क्षेत्रमा

एपीएफमा ७१ डीएसपीको सरुवा (सूचीसहित)

काठमाडौं – सशस्त्र प्रहरी बल (एपीएफ)ले ७१ जना सशस्त्र प्रहरी

दाङमा चट्याङ लागेर एकको मृत्यु, अन्य दुई घाइते

दाङ – दाङको घोराही उपमहानगरपालिका–९ मछाहीमा धान रोप्ने क्रममा चट्याङ

लुहान्स्क ‘पूर्ण रूपमा स्वतन्त्र’ भएको रूसी नेता पुटिनको दावी

मस्को – रुसी सेनाले लुहान्स्क पिपुल्स रिपब्लिकको ‘पूर्ण स्वतन्त्रता’ को