अबको कांग्रेस गगन–विश्वको हो : पूर्व डीआईजी खरेल « Khabarhub

अबको कांग्रेस गगन–विश्वको हो : पूर्व डीआईजी खरेल


१ माघ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


228
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल प्रहरीका पूर्व डीआईजी रमेश खरेलले पार्टी सभापति शेरबहादुर देउवाले ८० वर्षको उमेरमा पनि पदको मोह नत्याग्दा कांग्रेस फुटेको बताएका छन् ।

उनले आज सामाजिक सञ्जाल फेसबुकमार्फत देउवा पक्षले देखाएको व्यवहारको निन्दा गर्दै कांग्रेसमा नेतृत्व परिवर्तनको माग कांग्रेसीजनको मात्र नभइ देशकै भएको उल्लेख गरेका छन् ।

उनले लेखेका छन्– ‘८० वर्षको उमेरमा पनि पदको मोह नत्याग्दा कांग्रेस फुटेको हो । यसको सम्पूर्ण जिम्मेवारी शेर बहादुर एण्ड कम्पनीले लिनैपर्छ । कांग्रेसमा नेतृत्व परिवर्तनको माग कांग्रेसीजनको मात्र होइन, देशकै हो । लोकतन्त्रमा विश्वास राख्ने हरेक देशवासीले कांग्रेसमा नेतृत्व परिवर्तन भएको हेर्न चाहन्छन् ।’

खरेलले पार्टीको विशेष महाधिवेशन चलिरहँदा सभापति देउवा समूहले महामन्त्रीद्वय  गगन थापा र विश्वप्रकाश शर्मालाई कारबाही गरेकोमा समेत आक्रोश व्यक्त गरेका छन् । 
उनले गगन र विश्वप्रकाशलाई गरिएको कारबाही घोर भत्सर्नायोग्य रहेको उल्लेख गर्दै महाधिवेशन सुरु हुनासाथ वैधानिकता समाप्त भएको केन्द्रीय कार्यसमितिका नेताहरूले के हैसियतमा कारवाहीको निर्णय गरे ? भन्ने प्रश्न गरेका छन् ।

उनले लोकतन्त्रको मूलमन्त्र नै बहुमत भएको भन्दै पार्टीका बहुमत सदस्यहरूको आह्वानमा भइरहेको विशेष महाधिवेशनको म्यान्डेटलाई सम्मान गर्न नसक्ने देउवा समूह लोकतन्त्रवादी हुन नसक्ने जिकिर समेत गरेका छन् ।

उनले तत्कालीन राजा ज्ञानेन्द्रबाट असक्षम प्रधानमन्त्री घोषित भएका देउवाले अहिले जेनजी आन्दोलनपछिको समाजको गति नबुझ्दा पार्टीलाई फुटबाट जोगाउन पनि असक्षम देखिएको आरोप लगाए ।

उनले भनेका छन्– ‘जेन–जी आन्दोलन पछि पुराना पार्टीहरू माथिको विश्वास हराइरहेका बेलामा, यो विशेष महाधिवेशन कांग्रेसलाई नयाँ माइलेज दिनका लागि पनि उपयुक्त थियो । यो विशेष महाधिवेशनमा सहभागि भएर शेरबहादुरले शानका साथ बिदाइ लिनसक्थे । तर, उनले त्यस्तो चाहेनन्, र, नतिजा आज जे भयो, देखियो । अझ, निर्लज्जताको पराकाष्ठा त गगन–विश्व लगायतका नेताहरूलाई कारवाहीको निर्णय गर्दा देखियो ।’

देउवाले महाधिवेशनमा सहभागी भएर शानका साथ बिदा लिने अवसर गुमाएको टिप्पणी गरेका छन् ।

खरेलले अबको कांग्रेस गगन–विश्वको भएको बताउँदै सफल कार्यकालको शुभकामनासमेत दिएका छन् ।

उनी लेख्छन्– ‘गगन र विश्वलाई शुभकामना । अबको कांग्रेस गगन–विश्वको हो । कांग्रेसलाई सुदृढ र सबल बनाउने जिम्मेवारी लिएर विशेष महाधिवेशनमा सहभागि भएका सबैलाई बधाई तथा शुभकामना । सबल कांग्रेस भनेको सबल लोकतन्त्र हो । यसको फाइदा अन्ततः देशलाई नै हुने हो ।’ 

प्रकाशित मिति : १ माघ २०८२, बिहीबार  १० : २५ बजे

इरानी आक्रमण : इजरायलको बेन ग्युरियन एयरपोर्ट खाली गरेर यात्रुलाई आश्रयस्थलमा लगियो

तेलअभिभ- इजरायलले देशकै चर्चित बेन ग्युरियन विमानस्थल खाली गराएको छ।

नयाँ मन्त्रीहरूको पर्खाइमा सिंहदरबार

काठमाडौं– प्रायः मन्त्रालयका गेटदेखि भित्रैसम्म ‘इनडोर प्लान्ट’ का गमला सजाएर

अमेरिकाविरुद्ध इरानको तयारी तीव्र, होर्मुज बन्द गर्ने चेतावनी

तेहरान- मध्यपूर्वमा जारी युद्धको चौथो हप्तामा, अमेरिकाले इरानविरुद्धको चेतावनी जारी

बालेन सरकार आएपछि ओली-देउवाबाट राजनीतिक नियुक्ति लिएकाको भविष्य के होला ?

काठमाडौं– फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको नतिजासँगै देशको

अर्थविद् केशव आचार्यको निधन

काठमाडौं– अर्थविद् केशव आचार्यको निधन भएको छ । उनको उपचारका