कांग्रेस नेता हृदयराम थानीले आगामी चुनाव नलड्ने « Khabarhub

कांग्रेस नेता हृदयराम थानीले आगामी चुनाव नलड्ने


१ माघ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


147
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका नेता हृदयराम थानीले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवार नबन्ने निर्णय लिएका छन् । स्वास्थ्यको कारण देखाउँदै उनले यस्तो निर्णय लिएका हुन् ।

सुर्खेत क्षेत्र नं. २ बाट नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार सिफारिस भएका थानीले करिब दुई महिनादेखि खुट्टामा देखिएको नसासम्बन्धी समस्याका कारण सहजरूपमा हिँडडुल गर्न नसकिरहेको बताएका छन् ।

डाक्टरको सल्लाहअनुसार हाल घरमै फिजियोथेरापिष्टको सहयोगमा उपचाररत रहेकाले माघ ६ गते हुने मनोनयन दर्तामा समेत उपस्थित हुन नसक्ने अवस्था देखिएको उनले बताएका छन् ।

उनले भदौ २३ र २४ गते भएको ‘जेन-जी आन्दोलन’पछि मुलुक अप्रत्यासित राजनीतिक घटनाक्रम र अन्योलको अवस्थाबाट गुज्रिरहेको उल्लेख गरेका छन् ।

यस्तो परिस्थितिमा संविधानलाई लिकमा ल्याउन र मुलुकको स्थिरताका लागि तोकिएकै मितिमा प्रतिनिधिसभा निर्वाचन भएमा ठूलो निकास हुने उनले बताएका छन् ।

थानीले आफू उम्मेदवार नबन्ने निर्णय स्वास्थ्य कारणले लिएको स्पष्ट पार्दै स्वास्थ्यमा सुधार आएपछि अझै सक्रियताका साथ क्रियाशील रहने प्रतिबद्धता जनाएका छन् ।

प्रकाशित मिति : १ माघ २०८२, बिहीबार  १ : १३ बजे

मित्रराष्ट्रसँगको सु-सम्बन्धमा विरोध हुने फिल्मलाई प्रदर्शन अनुमति नदिइने

काठमाडौँ । सरकारले नेपालको सुरक्षा, शान्ति र व्यवस्था, मित्रराष्ट्रसँगको सु-सम्बन्धमा

अभिनेत्री केकी अधिकारी भन्छिन् – स्टन्टले देश बन्दैन

काठमाडौं । अभिनेत्री केकी अधिकारीले स्टन्टले देश नबन्ने बताएकी छन्

शंकास्पद पार्किङ गरिएका १४ वटा सवारी साधन कारबाहीमा

काठमाडौँ । सार्वजनिक सडकमा जथाभावी तथा शंकास्पद रूपमा पार्किङ गरिएका

बाढीले निर्माणाधीन माथिल्लो मोदी ‘ए’ जलविद्युत् आयोजनामा क्षति

गण्डकी – कास्कीको अन्नपूर्ण गाउँपालिका ११ स्थित किम्रुङ खोलामा आएको

११ महिनामा २१ खर्ब २० अर्ब रेमिट्यान्स भित्रियो

काठमाडौं – चालु आर्थिक वर्ष २०८२/८३ को ११ महिनामा विप्रेषण