एकता जोगाउन नसकेको स्वीकार्दै शेखरले भने : हामी सबै चुक्यौँ, ‘नियतिको खेल’ नै यस्तै भयो « Khabarhub

एकता जोगाउन नसकेको स्वीकार्दै शेखरले भने : हामी सबै चुक्यौँ, ‘नियतिको खेल’ नै यस्तै भयो

आगामी चुनाव जित्न सबैलाई घर फर्किन आह्वान


१ माघ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


546
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीलाई एकतावद्ध राख्ने प्रयास सफल हुन नसकेको स्वीकारेका छन् ।

उनले बुधबारदेखि पार्टी दुई समूहमा विभाजित भए पनि फागुन २१ गतेको निर्वाचनमा कांग्रेसको ऐतिहासिक जिम्मेवारी जोगाउन सबैलाई एकतामा फर्किन आह्वान गरेका छन् ।

बिहीबार जारी गरिएको वक्तव्यमा डा. कोइरालाले कांग्रेसभित्र देखिएको विभाजन र असफल प्रयासका विषयमा दोषारोपण गरेर राष्ट्रिय राजनीतिलाई थप धुमिल बनाउन नचाहेको स्पष्ट पारेका छन् ।

‘हामी सबै कहीँ न कहीँ चुकेका छौँ,’ उनले भनेका छन्, ‘पछिल्ला घटनाक्रमको वस्तुपरक समीक्षा र व्यक्तिको भूमिकाको मूल्यांकन इतिहासमै छाडिदिऊँ ।’

उनले राजधानीकेन्द्रित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय षड्यन्त्र र आन्तरिक अन्तरविरोधका कारण कांग्रेसलाई एकढिक्का बनाएर निर्वाचनमा होमिने प्रयास सफल हुन नसकेको बताएका छन् ।

कठिन घडीमा महामानव बीपी कोइरालाको स्मरण आवश्यक रहेको उनले उल्लेख गरेका छन् । बीपीले पनि पार्टीभित्रको विभाजनलाई ‘नियतिको खेल’ का रूपमा बुझ्ने गरेको स्मरण गराएका छन् ।

डा. कोइरालाले कांग्रेस एक भएर अगाडि बढ्न नसक्नु नियतिको कठोर सत्य भए पनि अब आठ दशक लामो पार्टी इतिहासको गौरव जोगाउने जिम्मेवारी सबैको काँधमा आएको बताए ।

संगठनात्मक ऊर्जा प्रस्फुटन भए मात्रै अग्रज नेता र शहिदहरूले सुम्पेको दायित्व पूरा गर्न सकिने उनको भनाइ छ ।

उनले कांग्रेस आम कार्यकर्ताले बनाएको पार्टी भएको, साझा इतिहास, साझा नेता र शहिदहरूको बलिदानबाट प्रेरणा लिएर नेपाल र नेपालीको साझा भविष्य निर्माण गर्नुपर्नेमा जोड दिएका छन् ।

विगतमा पार्टी विभाजनका बाबजुद जनताले कांग्रेसप्रति गरेको भरोसा कायमै रहेको उल्लेख गर्दै उनले पुनः जनताको घरदैलोमा पुगेर समृद्धिको यात्रामा साथ माग्नुपर्ने बताएका छन् ।

डा. कोइरालाले पार्टीभित्र आवश्यक सुधारका प्रक्रिया नरोकिने स्पष्ट पार्दै ‘हामी सबै घर फर्कौं, कांग्रेसमा फर्कौं’ भनेका छन् । ‘जीत–हारको होइन, सबैको ‘विन–विन’ अवस्थाबाट अगाडि बढ्न सकिने विश्वास व्यक्त छ’, उनले भनेका छन् ।

प्रकाशित मिति : १ माघ २०८२, बिहीबार  १ : ३८ बजे

थारु समुदायको माघीमा हराउँदै मुसाको परिकार !

देशभर बसोबास गर्ने थारु समुदायले आफ्नो मौलिक तथा महत्त्वपूर्ण पर्व

अक्षय खन्ना ‘धुरन्धर २’ मा कमब्याक गर्ने तयारीमा

काठमाडौं– बलिउड सुपरस्टार रणवीर सिंह अभिनीत जासुसी थ्रिलर फिल्म ‘धुरन्धर’को

दलहरू बलिया भए मात्र लोकतन्त्र सबल हुन्छ : महासचिव पोखरेल

देउखुरी– एमाले महासचिव शंकर पोखरेलले दलहरू बलिया भए मात्र लोकतन्त्र

पाटेबाघको आक्रमणबाट एक सातामा तीन जनाको मृत्यु

काँक्रेविहार– पाटेबाघको आक्रमणमा परी एक साताभित्र सुर्खेत र सल्यानका गरी

धनगढीमा टाटाको ‘माघी एक्सचेन्ज उत्सव’ : आकर्षक छुटदेखि लाइफ टाइम निःशुल्क चार्जिङसम्म

काठमाडौं– टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङले सुदूरपश्चिमका ग्राहकलाई लक्षित