रविको मुद्दाबारे ओली : सहकारीको पैसा पनि अब महान्यायाधिवक्तको कार्यालयले तिर्छ होला ? « Khabarhub

रविको मुद्दाबारे ओली : सहकारीको पैसा पनि अब महान्यायाधिवक्तको कार्यालयले तिर्छ होला ?


१ माघ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सविता भण्डारी नेतृत्वको महान्यायाधिवक्ताको कार्यालय इतिहासमा कहिल्यै नबिर्सने गरी कलंकित भएको टिप्पणी गरेका छन् । 

सहकारी ठगीसहितका मुद्दा खेपिरहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध विभिन्न जिल्ला अदालतमा दर्ता भएको संगठित अपराध र सम्पत्ति शुद्धिकरणको अभियोग फिर्ता लिने महान्यायाधिवक्ता कार्यालयको निर्णयबारे उनले यस्तो बताएका हुन् ।

ओलीले सुशीला कार्की नेतृत्वको सरकारले ठगहरूलाई प्रोत्साहन गरेको पनि बताएका छन् ।

‘जसको लौरो, त्यसैको भैँसी भनेजस्तो शासन नेपालमा पनि स्थापित भको छ, महान्यायाधिवक्ताको कार्यालय इतिहाससम्मलाई कलंकित भएको छ’, ओलीले भने, ‘अब कसैलाई मुद्दा लाग्दैन, कसैको सम्पत्ति मजाले खान पाइन्छ, मुद्दा लाग्दैन, हिजो मुद्दा लागे पनि माफी मिनाहा गरेर चुनावमा हिरो बनाउँदै अगाडि सारिन्छ ।’

ओलीले वर्तमान सरकारको कार्यशैली देखेर दिक्क लागेको बताए । ‘डिम्बका काण्ड बिर्सिऊँ कि भन्यो फेरि अर्को काण्ड, अर्को काण्ड बिर्सिऊँ भन्यो फेरि अर्को काण्ड’, उनले भने, ‘अहिले अभियोग परिवर्तनका काण्ड, मुद्दा फिर्ताको काण्ड, दुनियाँको हिनामिना भएको पैसा कसले तिर्छ ? महान्यायाधिवक्ता कार्यालयले तिर्ने होला ?’

प्रकाशित मिति : १ माघ २०८२, बिहीबार  ६ : ३० बजे

नयाँ सांसदलाई अभिमुखीकरण दिँदै रास्वपा

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नवनिर्वाचित सांसदका लागि

केराखेती प्रवर्द्धन गर्न कृष्णपुरका किसानलाई अनुदानमा बिरुवा

कञ्चनपुर– व्यावसायिक रूपमा केराखेती गर्ने किसानलाई प्रोत्साहन गर्न कृष्णपुर नगरपालिकाले

चलचित्र ‘पहाड’ मा नेपाली समाजको कथा

काठमाडौँ– निर्देशक तुलसी घिमिरेले युवा जनशक्ति विदेश पलायन हुँदा खाली

युद्धका कारण : कतारमा हुने स्पेन र अर्जेन्टिनाबीचको भिडन्त रोकियो

काठमाडौँ – युरोपियन च्याम्पियन स्पेन र कोपा अमेरिका विजेता अर्जेन्टिनाबीच

अर्घाखाँचीमा वन डढेलो नियन्त्रण गर्न टोली गठन

अर्घाखाँची– डिभिजन वन कार्यालयले अर्घाखाँचीस्थित वन डढेलो नियन्त्रण तथा डढेलोबाट