रास्वपासँग एकताबारे कुलमान : १२ दिन दुर्घटनामा परेका थियौँ, चोखिएर आउन सफल भयौँ « Khabarhub

रास्वपासँग एकताबारे कुलमान : १२ दिन दुर्घटनामा परेका थियौँ, चोखिएर आउन सफल भयौँ


१ माघ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले केही समय दुर्घटनामा परेको पार्टी सफा र चोखिएर आउन सफल भएको बताएका छन् । 

बिहीबार काठमाडौंमा राष्ट्रिय परिवर्तन पार्टी (युनाईटेड जेन्जी) बीच एकता गर्दै घिसिङले केही समय अघि करिब १२ दिन आफूहरू दुर्घटनामा परेको भन्दै त्यसपछि चोखिएर आउन सफल भएको बताएका हुन्  । 

अँध्यारोबाट बाहिर निस्किन १२ दिन लागेको र त्यो समय आफूहरूका लागि निकै कठिन भएको उनको भनाइ छ । घिसिङले पार्टी सफा भएर अब देशलाई पनि सफा गर्ने र उज्यालो बनाउने अभियानमा गम्भीर भएर लाग्ने उल्लेख गरे । 

उज्यालो नेपाल पार्टीले नयाँ शक्तिको प्रतिनिधित्व गर्ने भन्दै उनले अरु सबै पार्टी पुरानो भइसकेको धारणा राखे । जेन-जी आन्दोलनको म्याण्डेडलाई सम्बोधन गर्नका लागि उज्यालो नेपाल पार्टी स्थापना भएको उनले बताए । 

कार्यक्रममा उज्यालो नेपाल पार्टीका अध्यक्ष घिसिङ र राष्ट्रिय परिवर्तन पार्टी (युनाईटेड जेन्जी) का अध्यक्ष राजेश पोर्तेलबीच सहमतिपत्र आदानप्रदान गरिएको थियो । 

प्रकाशित मिति : १ माघ २०८२, बिहीबार  ६ : ४० बजे

समुदायको विकासमा साझेदारी गर्दै सामुदायिक वन

बाँके– बाँकेको राप्ती सोनारी गाउँपालिका–२ मदुईस्थित अशोक सामुदायिक वन उपभोक्ता

बालेन सरकारको चुनौती : पुराना नेताको सम्पत्ति छानबिन होला ?

काठमाडौँ– यही चैत १३ गते रामनवमीको दिन बालेन्द्र शाह ‘बालेन’को

बुवाआमाको स्मृतिमा विद्यालयमा अक्षयकोष स्थापना

खोटाङ– खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पास्थित कालिका माध्यमिक विद्यालयमा

‘फ्लोरा एक्स्पो’मा एक करोड २२ लाख बढीको कारोबार

काठमाडौँ– पुष्प व्यवसाय प्रवर्द्धन गर्ने उद्देश्यसहित आयोजना गरिएको २७औँ ‘फ्लोरा

सूर्यविनायक–धुलिखेल सडक विस्तार : तीनवर्षमा ६७ प्रतिशत भौतिक प्रगति

काभ्रे– अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्म ६ लेनमा सडक