जसपा नेपालले माघ ५ गते ‘बलिदानी दिवस’ मनाउने « Khabarhub

जसपा नेपालले माघ ५ गते ‘बलिदानी दिवस’ मनाउने


१ माघ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- जनता समाजवादी पार्टी नेपालले माघ ५ गते सबै संसदीय निर्वाचन क्षेत्रमा ‘बलिदानी दिवस’ मनाउने निर्णय गरेको छ।

बिहिबार पार्टी कार्यालय बालकुमारीमा बसेको केन्द्रीय समन्वय समितिको प्रथम बैठकले बलिदानी दिवसका अवसरमा मधेश आन्दोलन, लोकतान्त्रिक संघर्ष तथा संघीयता र समावेशीताका लागि जीवनोत्सर्ग गरेका शहीदहरूको स्मरण गर्दै देशभर कार्यक्रम गरिने पार्टीले जनाएको छ।

बैठकले माघ ३ गते मधेश भवनमा प्रदेश स्थापना दिवस मनाउने निर्णय पनि गरेको छ। सो अवसरमा संघीयता, प्रदेश अधिकार र मधेश आन्दोलनका उपलब्धिमाथि केन्द्रित विशेष कार्यक्रम आयोजना गरिने भएको छ ।

यसैगरी, बैठकले समन्वय समितिमा पाँचजना नयाँ सदस्य थप गर्ने निर्णय गरेको छ । राजकिशोर यादव, शैलेन्द्र प्रसाद साह, हरि मण्डल, प्रदीप यादव र जय प्रकाश ठाकुरलाई केन्द्रीय समन्वय समितिको सदस्यमा चयन गरेको हो।

एकीकरणपछिको पार्टी संरचना, कार्यदिशा र राजनीतिक एजेन्डालाई अघि बढाउने सन्दर्भमा बैठकलाई महत्त्वपूर्ण रूपमा हेरिएको थियो । बैठकले पार्टी एकीकरणलाई औपचारिक रूपमा अनुमोदन गरेको छ ।

बैठकले पार्टी संगठनलाई थप समावेशी, सन्तुलित र प्रभावकारी बनाउने उद्देश्यले विभिन्न क्षेत्र, समुदाय र राजनीतिक पृष्ठभूमिका नेताहरूलाई समन्वय समितिमा समेटिएको जनाएको छ।

नव–थपिएका नेताहरू मधेश केन्द्रित आन्दोलन, संगठन निर्माण र पार्टी गतिविधिमा लामो समयदेखि सक्रिय रहँदै आएका छन।

बैठकले आगामी राष्ट्रिय सभाको निर्वाचन सम्पन्न गराउन ३ सदस्यीय समिति गठन गर्ने निर्णय गरेको छ ।

गठित समितिमा राष्ट्रिय सभा सदस्य खालिद सिद्दिकी, परमेश्वर साह, लालकिशोर साह रहनेछन्। समितिले निर्वाचन रणनीति, समन्वय र व्यवस्थापनको जिम्मेवारी सम्हाल्नेछ।

केन्द्रीय समन्वय समितिका सदस्यहरूको जिम्मेवारी बाँडफाँड गरी प्रत्येक संसदीय निर्वाचन क्षेत्रमा खटाउने निर्णय पनि भएको छ।

यस निर्णयलाई एकीकरणपछि पार्टी संगठनलाई तल्लो तहसम्म सक्रिय बनाउने रणनीतिक कदमका रूपमा हेरिएको छ।

बैठकमा पार्टी एकीकरणपछि देखिन सक्ने संगठनात्मक चुनौती, कार्यकर्ता व्यवस्थापन, सांगठनिक समायोजन र आगामी राजनीतिक कार्यदिशाका विषयमा समेत छलफल भएको बताइएको छ।

नेताहरूले एकीकरणलाई कागजी मात्र नभई व्यवहारिक र वैचारिक रूपमा पनि सफल बनाउन आ–आफ्नो जिम्मेवारी इमानदारीपूर्वक निर्वाह गर्नुपर्नेमा जोड दिएका छन्।

पार्टी नेतृत्वले जसपा नेपाललाई मधेश केन्द्रित मात्र नभई राष्ट्रिय राजनीतिक शक्तिका रूपमा स्थापित गर्ने लक्ष्यसहित अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरेको छ।

एकीकरणपछिको पहिलो बैठकले संगठन विस्तार र राजनीतिक सक्रियता बढाउने सन्देश दिएको नेताहरूको भनाइ छ।

जसपा नेपालको केन्द्रीय समन्वय समितिको यो बैठकलाई पार्टीको नयाँ राजनीतिक यात्राको प्रारम्भिक आधारका रूपमा हेरिएको छ।

जसपा नेपाल र लोकतान्त्रिक समाजवादी पार्टीबीच भएको एकीकरणपछि बसेको पहिलो औपचारिक केन्द्रीय समन्वय समिति बैठक हो ।

प्रकाशित मिति : १ माघ २०८२, बिहीबार  ६ : ४२ बजे

दाङमा बस र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु

घोराही (दाङ) – दाङको देउखुरीमा बस र मोटरसाइकल एकापसमा ठोक्किँदा

ख्वप अस्पतालमा सिटीस्क्यान सेवा सुरु

भक्तपुर- यहाँस्थित ख्वप अस्पतालमा आजदेखि सिटीस्क्यान सेवा सञ्चालनमा आएको छ।

सात हजार यात्रीलाई सुरक्षित तरिकाले जेब्राक्रसिङबाट बाटो काट्न सिकाइयो

काठमाडौं- ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा आज सात हजार ९८७ पैदलयात्रीलाई

हेटौँडामा सडक विस्तारको विरोध गर्दै कुलमानको पार्टी छोडिन्, हर्कको पार्टीबाट लिइन् टिकट

काठमाडौँ – हेटौँडा सडक विस्तारको विरोध गर्दै उज्यालो नेपाल पार्टी

३३ किलो सुन तस्करी प्रकरण: सनम शाक्यको हत्या आरोपी गौतम पक्राउ

काठमाडौँ- नेपाल प्रहरीले ३३ किलोग्राम सुन काण्डमा संलग्न भनिएका सनम