सात हजार यात्रीलाई सुरक्षित तरिकाले जेब्राक्रसिङबाट बाटो काट्न सिकाइयो « Khabarhub

सात हजार यात्रीलाई सुरक्षित तरिकाले जेब्राक्रसिङबाट बाटो काट्न सिकाइयो


१ माघ २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा आज सात हजार ९८७ पैदलयात्रीलाई सुरक्षित तरिकाले जेब्राक्रसिङबाट बाटो काट्न सिकाएको छ।

दुर्घटना न्यूनीकरण विशेष अभियानअन्तर्गत प्रहरीले आज थप स्कुल कलेजका ६६ जना विद्यार्थीलाई सचेतना, एक हजार ५१२ जनालाई रात्रिकालीन विशेष सचेतना, पाँच हजार ३१५ जना दुईपाङ्ग्रे तथा चारपाङ्ग्रे सवारी साधनका चालकलाई सचेतना कार्यक्रम, दुई हजार ७४७ जना चालक तथा यात्रुलाई सुरक्षित यात्राको कामना, तीन हजार ६१४ जनालाई यात्रुसँग सचेतनामूलक कार्यक्रम गरेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक नरेशराज सुवेदीले बताए।

त्यसैगरी १५ वटा ट्राफिक कोणमा सरसफाइ, २०७ जनालाई मस्कटसहित सडक नाटक प्रदर्शन, १४० जनालाई आरक्षण सिट यात्रुमैत्री व्यवहार, सरसफाइ कार्यक्रममा संलग्न १४ जना, सडक दुर्घटनामा दिवङ्गत भएका व्यक्तिहरुको सम्झनामा दीप प्रज्ज्वलन कार्यक्रममा २९० जना सहभागी भएका छन्।

२१ जना दुर्घटना पीडित घाइतेसँग भेटघाट, १२५ जनालाई आकाशे पुलबाट बाटो काट्न सिकाइएको, ३० जना चालकलाई लागुपदार्थ सेवन गरे नगरेको जाँच, २३ हजार ७०३ जना सडक प्रयोगकर्ता आजको विशेष सचेतना अभियानबाट लाभान्वित भएका छन्।

साथै १५ हजार ३७ जनालाई पर्चापम्प्लेट वितरण तथा नो हर्नलगायतका स्टिकर चार हजार ९६४ वटा स्टिकर टाँस गरेको छ। ‘सभ्य नागरिकको चिनारी, सडक दुर्घटना न्यूनीकरण हामी सबैको जिम्मेवारी’ भन्ने नाराका साथ गत २६ गतेदेखि सुरु भएको ट्राफिक सप्ताह आगामी माघ ३ गतेसम्म सञ्चालन हुनेछ।

यो अभियानमा एक हजार ६३५ जना ट्राफिक स्वयंसेवक परिचालन, सडकमा हुने सानो लापरबाहीले ठूलो दुर्घटनाको रुप लिनसक्छ भन्ने यथार्थलाई आत्मसात् गरी सुरक्षित सडक संस्कारको विकास गर्दै सडक दुर्घटनाबाट हुने जनधनको क्षतिलाई न्यूनीकरण गर्ने उद्देश्यले ट्राफिक सप्ताहको आयोजना गरिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक नरेशराज सुवेदीले बताए।

प्रकाशित मिति : १ माघ २०८२, बिहिबार  ९ : ३० बजे

कर्णालीले गुमायो पाचौँ विकेट, हर्मित सिंहले लिए एकै ओभरमा दुई विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

कोलम्बियामा जबर्जस्ती रकम असुलीसँग सम्बन्धित आक्रमणमा छ जनाको मृत्यु

काठमाडौँ– कोलम्बियाको दक्षिणपश्चिमी हुइला विभागको सुजा नगरपालिकास्थित ग्रामीण क्षेत्रमा जबर्जस्ती रकम

सप्तकोशी बोट दुर्घटनाबारे अध्ययन गर्न समिति गठन

विराटनगर– कोशी प्रदेश सरकारले प्रदेशको मुख्यन्यायाधिवक्ता कार्यालयको आर्थिक वर्ष २०८२-८३

इजरायलमा आमनिर्वाचन जारी, नेतान्याहूलाई पूर्वसेनाप्रमुख आइजेनकोटको चुनौती

काठमाडौँ –  इजरायलमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहू र पूर्वसेनाप्रमुख गादी आइजेनकोटबीच कडा

एनपीएलमा चाँदीको बल पुरस्कार, पहिलो विजेता बने शेर मल्ल !

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा एक्स्ट्रिम इनर्जी