झापा र नवलपरासीमा सवारी दुर्घटना, दुई जनाको मृत्यु, एकको अवस्था गम्भीर « Khabarhub

झापा र नवलपरासीमा सवारी दुर्घटना, दुई जनाको मृत्यु, एकको अवस्था गम्भीर


२ माघ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

बनियानी– झापा र नवलपरासीमा भएका बेग्लाबेग्लै सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छभने एक जनाको अवस्था गम्भीर छ ।

झापाको बिर्तामोड नगरपालिका–५ स्थित पूर्वपश्चिम लोकमार्गमा गएराति ट्रक र मोटरसाइकल एकापसमा ठोक्किँदा बाह्रदशी गाउँपालिका–४ का ३२ वर्षीय खगेन्द्र मगरको मृत्यु भएको छ । 

झापा जिल्ला प्रहरी कार्यालयका प्रवक्ता खगेन्द्र खड्काका अनुसार बिर्तामोडबाट बुट्टाबारीतर्फ गइरहेको ना८ख २२९७ नम्बरको ट्रक र विपरीत दिशाबाट आएको नम्बर नखुलेको मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक मगरको मृत्यु भएको र निजकी श्रीमती २५ वर्षीया सुखमाया तामाङ गम्भीर घाइते भएकी हुन् । ट्रकका चालक फरार छन्भने निजको खोजी भइरहेको छ । 

यसैबीच, बर्दघाट–सुस्तापूर्वको देवचुलीमा जिपको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गको देवचुली–१४ मा नारायणघाटतर्फ गइरहेको बा१६च ४७४० नम्बरको जिपको ठक्करबाट गएराति स्थानीय ४२ वर्षीया जया अर्यालको मृत्यु भएको प्रहरीले जनाएको छ । 

जिपका चालक मकवानपुरको थाहा–११ का ४३ वर्षीय चन्द्रबहादुर गोलेलाई नियन्त्रणमा लिएर प्रहरीले कारबाही अगाडि बढाएको जनाएको छ । 

प्रकाशित मिति : २ माघ २०८२, शुक्रबार  ९ : २१ बजे

खोटाङमा हावाहुरीले दर्जनौँ घरगोठ तथा विद्यालयको छाना उडायो

खोटाङ– गएराति वर्षासँगै चलेको हावाहुरीले खोटाङमा दर्जनौँ घरगोठ तथा विद्यालयको

प्रभु बैंकका कर्पोरेट तथा परियोजना वित्त विभाग प्रमुख पक्राउ

काठमाडौं- नेपाल प्रहरीले प्रभु बैंकका कर्पोरेट तथा परियोजना वित्त विभाग

सुरेन्द्र पाण्डेले भने : अब एमाले बन्द कोठाको षडयन्त्रमा होइन, कार्यकर्ताको भावनामा चल्नुपर्छ

काठमाडौँ – नेकपा एमालेभित्रका विषयहरू बैठकमै उठाउनुपर्ने कि सामाजिक सञ्जालमार्फत

मनमोहन प्राविधिक विश्वविद्यालयले भन्यो : सी जिनपिङको पुस्तक जलाइएको छैन

काठमाडौँ– मनमोहन प्राविधिक विश्वविद्यालय मोरङले चिनियाँ राष्ट्रपतिको पुस्तक नजलाइएको दाबी

मीन विश्वकर्माले भने : कांग्रेसमा दुई सभापति छन्

काठमाडौँ– नेपाली कांग्रेसभित्रको विवाद फेरि सतहमा आएको छ । नेता